काठमाडौं, २ जेठ/रासस

आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको १६औं योजनाको लक्ष्य अन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।

योजना आयोगका प्रवक्ता यमलाल भुसालले १६औं योजनाको बारेमा प्रस्तुतीकरण गर्दै आर्थिक वृद्धिदर

बढाउने लक्ष्य रहेको बताए । उनका अनुसार  आव २०७९/८० मा करीब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्याउने लक्ष्य छ ।

उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ । सार्वजनिक १६औं योजनाका लक्ष्य अनुसार गरीबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरीबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यसैगरी, उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट पाँच प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पु¥याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको

छ ।

यसैगरी, अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्याउने लक्ष्य रहेको छ । ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच

भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । १६औं योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करीब रु १११ खर्ब  लाग्ने भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here