चुरोट छाडेपछि तौल बढने गर्छ । मोटोपन र धुम्रपानबीचको सम्बन्ध बुझ्न हालै एउटा अध्ययन गरिएको थियो, जसमा धुम्रपान नगर्नेहरूको तुलनामा धुम्रपान गर्नेहरूले कम खाना खाने र तिनीहरूको आहार पनि कम पौष्टिक हुने भएकाले धुम्रपान छाडेपछि तौल बढ्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।

लाफबरो युनिभर्सिटी र युनिभर्सिटी अफ लिसेस्टरका अनुसन्धानकर्ताहरूद्वारा गरिएको यो अध्ययनमा युनाइटेड किङ्गडमका ८०,००० भन्दा बढी वयस्कलाई समावेश गरिएको थियो । यो अध्ययन युरोपियन काङ्ग्रेस अन ओबेसिटी

(इसिओ)मा प्रस्तुत गरिएको थियो ।

धुम्रपान नगर्नेहरूको तुलनामा धुम्रपान गर्नेहरूको तौल र बडी मास इन्डेक्स कम हुन्छ । तर धुम्रपान छोडेपछि तौल बढ्ने गर्छ । धुम्रपान गर्नेहरूले भोक र तौल नियन्त्रण गर्न चुरोटको प्रयोग गर्ने अध्ययनले देखाएको छ ।

चुरोटले भोक लाग्दैनः सुर्तीमा पाइने निकोटिनले भोकलाई कम गर्न सक्छ । अन्वेषकहरूले सन् २००४ र २०२२ को बीचमा १८ वर्ष वा सोभन्दा बढी उमेरका ८३,००० वयस्कको डेटाको विश्लेषण गरे । नतीजा अनुसार धुम्रपान गर्नेहरूले गैरधुम्रपान गर्नेहरूको तुलनामा खाना छाड्ने सम्भावना दोब्बर थियो र लामो समयसम्म खानाविना बस्न सक्छन् । धुम्रपान गर्नेले दिनमा कम खाना खाने गर्छ ।

उमेर, लिङ्ग र सामाजिक–आर्थिक स्थितिलाई ध्यानमा राखेर गरिएको विश्लेषणले धुम्रपान गर्नेहरूले खाना छाड्ने सम्भावना धुम्रपान नगर्नेहरूको तुलनामा दोब्बर रहेको पाइयो । तीन घण्टाभन्दा बढी खानाविना बस्ने सम्भावना ५० गुणासम्म बढी रहेको पाइएको थियो । धुम्रपान गर्नेहरूले खाजा खाने सम्भावना ३५ प्रतिशतसम्म कम थियो । चाखलाग्दो कुरा के छ भने धुम्रपान गर्नेहरूले मीठो कम खाने तर भुटेको तारेको खाना बढी खाने गर्थे । उनीहरूको खानामा नून र चिनी थप्ने बानी पनि थियो ।

अध्ययनको निष्कर्षः बेलायतको लाफबरो युनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता डा स्कट विलिसले भने– हाम्रो अध्ययनले धुम्रपानकर्ताले कम खानेकुरा खाने र आहाराको गुणस्तरीय खराब रहेको देखाएको छ । उनीहरूले भुटेको खानेकुरा धेरैपटक खाने र खानामा नून र चिनी बढी खाने गर्छन् । त्यस कारण धुम्रपान छोडेपछि आफ्नो तौलमा बढी ध्यान दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here