क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा सफाइ दिएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिए । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालत पाटनबाट सफाइ पाएसँगै लामिछाने अमेरिकामा हुने विश्वकप क्रिकेटमा सहभागी हुने भएका छन् । नेपाल क्रिकेट सङ्घले बिहीवार नै लामिछानेलाई त्यसतर्फ प्रस्थान गराउने जनाएको छ । उनीमाथिको कारबाही फुुकुवा पनि गरेको छ । विश्वकप क्रिकेटका लागि यही मे २५ तारिखसम्म खेलाडी परिवर्तन गर्न सकिने क्यानले जनाएको छ । विश्वकप क्रिकेटका लागि हाल नेपाली टोली वेस्ट इन्डिजमा अभ्यास गरिरहेको छ र लामिछाने पनि त्यहींका लागि प्रस्थान गर्ने क्यानले जानकारी गराएको छ ।