राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई खेल सामग्री प्रदान गरेको छ ।
राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनको उपस्थितिमा दाहाललाई खेल सामग्री हस्तान्तरण गरे । दाहाललाई ¥याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरिएको हो ।
सदस्यसचिव घिसिङले खेल सामग्री प्रदान गर्नुअघि सो सामग्री गुणस्तरीय भए नभएको बारेमा दाहालसँग सल्लाह गरेका थिए । ब्याडमिन्टन खेलाडी दाहाल केही दिनअघि वाइल्ड कार्डमार्पmत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । गृष्मकालीन ओलम्पिकका लागि पहिलोपटक नेपाली ब्याडमिन्टन खेलाडीका रूपमा उनी सहभागी हुन लागेका हुन् ।