बेइजिङ, २ जेठ/सिन्ह्वा

चीनले बुधवार समुद्री तटमा रहेका सबै क्रुज जहाजबाट भित्रिने विदेशी पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति दिने नीति लागू गरेको छ ।

राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुइ विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त  पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्यालगायत १३ वटा चिनियाँ शहरका बन्दरगाहमार्फत विनाभिसा चीन प्रवेश गर्न सक्नेछन् ।

१५ दिन चीन बस्ने पर्यटकहरू त्यहाँ हुँदा तटीय प्रान्तहरू, नगरपालिकाहरू र स्वायत्त क्षेत्रहरूका साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सात क्रुज पोर्टहरू डालियान, लियानयुËाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकका लागि भिसामुक्त ट्रान्जिट पोर्ट तोकिएको छ ।

यस नीतिबाटे चीनको भिसामुक्त पारवहन नीति अन्तर्गत क्रुज जहाजमार्फत  बन्दरगाहहरूबाट विदेशी यात्रुहरूको पारवहन र प्रस्थान सहज बन्नेछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here