सानो भनेर हेला नगर्नु भन्ने उखानलाई शिरोधार्य गर्दै नेपालका राजनीतिक दलहरू मौका हेरेर टुक्रिने गर्छन् । मधेसको होनहार भनिने जनता समाजवादी पार्टी नेपाल भर्खरै विभाजित भएको छ । मधेस र मधेसी हितका लागि जन्मिएको भनिने जसपा नेपाल अन्ततः नेताहरूको स्वार्थ र पदप्राप्तिका लागि पटकपटक विभाजित हुने इतिहास नै कायम गरेको छ । कम्युनिस्टपछि सबैभन्दा बढी विभाजित हुने दल नै जसपा हो । आफ्नो स्थापनाकालपछि हालको जसपा झन्डैझन्डै एक दर्जनपटक टुक्रिएको बताइन्छ । टुक्रिएर बाँदरको पुच्छर लौरो न हतियारको हबिगत हुँदासमेत यिनको हुँकार बब्बर शेरझैं प्रतीत हुन्छ ।

पर्साकै प्रदीप यादवलाई हेर्नुस् । मन्त्री पद पक्कापक्की भएपछि पटकपटक ‘हिस्स बूढी हरियो दाँत’ बनाइएपछि ‘मरता क्या नहीं करता’ र ‘डुबेको तिनका सहारा’ भन्दै विभाजनकारीका नाइके बने । यसअघि पनि उनले गाँस खोसिंदा उपेन्द्रको पुतला, पार्टीको झन्डा जलाउने, पार्टी केन्द्रीय कार्यालयमा उत्पात मच्चाएकै हुन् । बाघलाई रगतको चस्का लागेझैं यिनलाई पनि मन्त्री पदको चस्का लागेको देखिन्छ । ‘एक अनार सौ बिमार’ भनेको यही हो । घुर्की लगाएर स्वार्थ प्रेरित भई दल फोड्ने र असफल भएपछि फेरि उही दलले बाइज्जत भिœयाइहाल्छ भन्ने गुमान र भरोसा पनि हुन्छ, यस्तालाई । यस अघिका दल फोडुवा काङ्ग्रेसका शेरबहादुर देउवा र पुराना एमाले नेता वामदेव गौतमको रवाफमा कुनै कमी आएको छ र ? एउटा पार्टी अध्यक्ष अर्काे राष्ट्रियसभा सदस्य ।

जसपा नेपालका उपेन्द्र यादवसमेत पदलोलुप नै ठानिन्छन् । आफ्नो क्षेत्रबाट पराजित उनी विकल्प खोज्दै ठाउँ रोज्दै बारा जिल्ला पुगे सांसदको बिल्ला भिरे, मन्त्री पद पड्काए । ‘अपना काम बनता भाड मे जाए जनता’ भनेर सिकाउने गुरु नै हुन् यिनीहरू ।

जसपा नेपालको विभाजनले मुलुकमा पुनः एकपल्ट केन्द्रमा गठबन्धन सरकार परिवर्तन हुने सङ्केत पनि दिएको छ । अन्यथा विनाबादल वर्षा भनेझैं जसपा विभाजित हुनुपर्ने कुनै कारण नै देखिंदैन । एकपटक गुलजारले भनेका थिए–

सब अपने से लगते है, सिर्फ बातों से

पर्सा १ का सांसद प्रदीप यादव उपर दल फोड्न सक्ने आरोप लाग्दै पनि आएको थियो । मन्त्री पद नपाएपछि उनको अवस्था भटमास खाएकी बुहारीझैं थियो । हिन्दीमा एउटा कहावत छः

बेवजह कोही इल्जाम लग जाए
तो क्या किजिए
फिर यु किजिए
कि वह गुनाह कर लिजिए

प्रदीप यादवहरूको समूहले आखिर त्यो गुनाह गरिहाले । पर्सा १ मा काङ्ग्रेसबाट टिकट नपाएपछि तिलमिलाएका अजय द्विवेदी माछा छापलाई छाता छापले जम्माजम्मी १७०० मात्रको जाबो सानो अन्तरले हराएको हामी सबैलाई थाहै छ । मिसन २०८४ मा पर्सा १ बाट यादवको पद आफ्नै करनीले धरापमा पारेको भनी देखिन्छ । के गरूँ आफू त लेखन्ते प-यो राजनीति त एउटा खेल हो
भन्छन् ।

राजनीति एउटा खेल हो । चलाख मान्छेले यो खेल खेल्छन् र मूर्खहरू यसबारे दिनभरि चर्चा गर्छन् । तर शायर भन्छन्–

इतराता ही रह गया वो
चालाकियो पर अपनी
समझ ना पाया उसने
खोया क्या है ।
आजलाई यति मात्रै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here