यस वर्ष माध्यमिक शिक्षा परीक्षा दिई नतीजाको प्रतीक्षामा बसेका विद्यार्थीहरू उच्च शिक्षा पढ्ने तयारीमा व्यस्त हुन थालेका छन् । अहिले विद्यार्थीहरू ब्रिज कोर्सको नामले सञ्चालित तयारी कक्षा लिन इन्स्टिच्युटहरूमा जाँदैछन् । संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी मात्र नभई सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूबीच पनि तयारी कक्षा लिने होड चलेको छ । भविष्यमा आपूmले रुचाएको विषय पढ्न विद्यार्थीले तयारी कक्षा लिने गरेको एम्स इन्स्टिच्युट, वीरगंजका निर्देशक सरोज पटेल बताउँछन् । माध्यमिक शिक्षा परीक्षा पछि परीक्षाफल प्रकाशन हुन करीब तीन महीना लाग्छ । यस खाली समयमा विद्यार्थीहरूले आपूmलाई इच्छा लागेको विषयको अध्ययन तथा अन्य प्रकारका तालीम लिने गर्दछन् । यस्तै विद्यार्थीहरूलाई लक्षित गरी वीरगंजमा पनि इन्स्टिच्युटहरू व्यस्त देखिन थालेका छन् । यस्ता इन्स्टिच्युटहरूको उद्देश्य उच्च शिक्षा हासिल गर्न सहयोग पु-याउनुको साथै उत्कृष्ट विद्यालयमा भर्नाको लागि हुने प्रवेश परीक्षाको प्रतिस्पर्धामा सफल गराउनु हो ।
माध्यमिक परीक्षापछिको खाली समयलाई विद्यार्थीहरूले कसरी व्यतीत गर्नुपर्छ भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ । यस समयमा केही गर्नको लागि विद्यार्थीहरूले गतिलो आधार भेटेनन् भने उनीहरू कुलत वा गलत बाटोमा लाग्ने अवस्था आउन सक्छ । खाली समय हुने भएको हुँदा कतिपय विद्यार्थी यो समयमा मोबाइलको अधिकतम प्रयोग गर्न थाल्छन् । लामो समयसम्म यसको प्रयोगले उनीहरूमा यसको लत बस्छ र भविष्य बिग्रने सम्भावना हुन्छ । यस कारण यस्ता कुराबाट छुटकारा पाउनका लागि विद्यार्थीहरूलाई कुनै न कुनै काममा संलग्न गराउनुपर्छ । खासगरी यस समयमा अभिभावक र स्वयं विद्यार्थीले पनि भविष्य निर्माणको लागि समयको सदुपयोग गर्न तयार हुनुपर्छ ।
विद्यार्थीहरूले यो समयमा आपूmलाई मनपर्ने विषयका सीप सिक्न सक्छन् किनभने मानव जीवनमा यसको धेरै महŒव हुन्छ । यसले मानिसलाई आत्मनिर्भर र उद्यमशील बनाउन मदत गर्छ । हुनत विभिन्न सङ्घसंस्थाले यो समयमा छोटो अवधिका सीपमूलक तालीम प्रदान गरिरहेका हुन्छन् तर घरमैं पनि विद्यार्थीहरूले परिवारबाट विभिन्न सीप सिक्न सक्छन् । हाम्रो शिक्षा प्रणाली पनि सीपमूलकभन्दा सिद्धान्तमा बढी केन्द्रित भएको हुँदा सीप सिक्नका लागि यो समय निकै उपयोगी हुन्छ । सामान्य सीप जस्तै मोबाइल मरम्मत, बेकरी आइटम निर्माण, कम्प्युटर सञ्चालन र मरम्मत, नृत्य र सङ्गीत, उद्घोषणलगायत विभिन्न सीपमूलक तालीममा आपूmलाई व्यस्त राखियो भने बरालिने सम्भावना न्यून हुन्छ । यसबाहेक घरमैं विभिन्न खालका काम गर्ने वा खाना पकाउने सीप पनि सिकाउन सकिन्छ ।
तर विद्यार्थीहरू माथिल्लो कक्षामा अध्ययन गर्न चाहेको विषयमा गतिलो आधार निर्माण गर्न चाहन्छन् भने यसको लागि ब्रिज कोर्स लिनुपर्ने हुन्छ किनभने माध्यमिक तहमा पढेका पाठ माथिल्लो तहमा रहे तापनि दुवैे तहको विषयमा जमीन आसमानको अन्तर हुन्छ । ब्रिज कोर्स अनिवार्य कुरा नभए पनि आपूmलाई जटिल लाग्ने विषयमा विद्यार्थीहरूले अतिरिक्त कक्षा लिनुपर्छ । खासगरी विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले यस्तो कक्षा लिनु नितान्त आवश्यक मानिन्छ । धेरै प्रतिस्पर्धा हुने कार्यक्रममा अध्ययनका लागि प्रवेश परीक्षामा नाम निकाल्नैपर्ने बाध्यात्मक अवस्था हुन्छ । यसका लागि पनि ब्रिज कोर्स आवश्यक हुन्छ ।
एम्स वीरगंजका अर्का निर्देशक लालबाबू यादव हिजोआज विद्यार्थीहरू ब्रिज कोर्समा आकर्षित भएको बताउँछन् । उनको भनाइमा–भविष्यमा कुन क्षेत्र रोज्ने भन्ने तय गरेपछि सोही अनुसारको विषय रोजेर गरिने ब्रिज कोर्स विद्यार्थीका लागि अत्यन्तै महŒवपूर्ण हुन्छ । विद्यार्थीले चाहेको क्षेत्रमा पस्ने बाटोलाई ब्रिज कोर्सले सहज बनाइदिन्छ । यसैगरी विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिनु ब्रिज कोर्सको अर्को विशेषता हो । आप्mनो रुचि, क्षमता र आर्थिक अवस्था अनुसार कुन विषय पढ्ने, कसरी पढ्नेलगायत विषयमा परामर्श र निर्णय लिन ब्रिज कोर्सले सघाउँछ ।
विद्यार्थीहरूमा आत्मविश्वास बढाउनु ब्रिज कोर्सको अर्को विशेषता हो । लामो समयसम्म विद्यालय तहको एकखाले वातावराणमा हुर्केका विद्यार्थीहरूको लागि प्लस टुको पाठ्यक्रम र माहौल पनि फरक हुन्छ । कतिलाई त्यो असहज लाग्न सक्छ । प्लस टु कस्तो होला ? त्यहाँका शिक्षक र कैयन विद्यालयबाट आउने नयाँ साथीहरू कस्ता होलान् ? कसरी एडजस्ट हुने भन्ने खुल्दुलीमा ब्रिज कोर्सले आत्मविश्वास भरिदिन्छ ।
माध्यमिक परीक्षा दिएका विद्यार्थीहरू किशोरवयका हुन्छन् । यो निकै कल्पनाशील र बहकिने उमेर पनि हो । तीव्र गतिमा शारीरिक परिवर्तन हुने यो उमेर मानसिक उथलपुथल हुने समय पनि हो । यस्तो बेला खराब सङ्गतमा पुग्ने जोखिम बढी हुन्छ । परिपक्वता र असल बाटोतिर डोरिनुपर्ने यो उमेरमा ब्रिज कोर्स विद्यार्थीहरूका लागि अति नै उपयोगी मानिएको छ ।
ब्रिज कोर्समा अध्ययन शुरू गर्नु अगावै धेरै विषयमा ध्यान पु-याउनुपर्ने हुन्छ । ब्रिज कोर्समा भर्ना हुँदा विद्यार्थीले राम्ररी बुझेर मात्र इन्स्टिच्युट छनोट गर्नुपर्ने कुरा नेशनल इन्फोटेकका प्रधानाध्यापक इ. मनीष सिंह बताउँछन् । उनका अनुसार यदि विज्ञान विषय रोज्ने हो भने भौतिक विज्ञानको ट्युशन गर्नु बढी उपयोगी हुन्छ । ब्रिज कोर्स भावी शैक्षिक जीवनसँग तालमेल हुने खालको छनोट गर्दा राम्रो हुन्छ । साथीको लहलहैमा लागेर ब्रिज कोर्स गरियो भने समस्या पर्ने एम्सका निर्देशक सरोज पटेलको सुझाव छ । विद्यार्थीले चाहेको विषय र कलेजमा अध्ययन गर्न यस्ता तयारी कक्षा धेरै सहयोगी हुने कुरा वीरगंज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्य बताउँछन् । उनी भन्छन्– कलेजहरूले उपलब्ध गराउने छात्रवृत्ति प्राप्त गर्न यस्ता इन्स्टिच्युटको अध्ययनले धेरै सहयोग पु-याउँछ ।
तर विद्यार्थीहरूले यस खाली समयलाई विभिन्न विषयसँग सम्बन्धित पुस्तकहरूको अध्ययन गरेर पनि ज्ञान र मनोरञ्जन हासिल गर्न सक्छन् । विभिन्न खाले पुस्तक पढ्दा पुस्तक पढ्ने बानी विकसित हुन्छ । पुस्तक अध्ययन गर्दा कस्ता खालको पुस्तकलाई प्राथमिकता दिने भन्ने कुराका लागि विद्यार्थीहरूले अभिभावक वा अन्य जान्ने व्यक्तिसँग सल्लाह लिनुपर्छ । यसबाहेक विद्यार्थीहरूले विभिन्न धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय ठाउँको यात्रा गरी त्यसबारे जानकारी लिन सक्छन् । यात्रा गर्नका लागि टाढा ठाउँ नै रोज्नुपर्छ भन्ने पनि छैन । यसरी आपूmले अध्ययन गरेका ठाउँबारे दैनिकी लेख्ने बानी विकसित गर्न सकिन्छ । आजको एकल परिवारको मान्यताले गर्दा विद्यार्थीहरूलाई नातेदारहरूसँग चिनजान हुँदैन धेरै जानकारी पनि हुँदैन । यो खाली समय उपयोग गरेर विभिन्न स्थान घुम्नुका साथै आफन्तसँग भेंटघाट गरेर सम्बन्ध प्रगाढ बनाउन सकिन्छ । यसका लागि अभिभावकले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।
तर यदि विद्यार्थीहरू ब्रिज कोर्स गर्न चाहन्छन् भने शहरमा कैयन इन्स्टिच्युट छन्, ब्रिज कोर्स सञ्चालन गरेका । ब्रिज कोर्स गर्ने सुरमा यदि तपाईं तीमध्ये खराब इन्स्टिच्युटमा भर्ना हुन पुग्नुभयो भने अपेक्षित नतीजा हासिल नहुने पक्का छ । त्यस कारण भर्ना हुनु अघि इन्स्टिच्युट सञ्चालकहरूको पृष्ठभूमि, सिकाइ विधि, शुल्क आदिबारे राम्ररी बुझेर मात्र भर्ना हुनुपर्छ । यहाँसम्म आइपुग्दा पनि एउटा प्रश्न के उठ्छ भने के ब्रिज कोर्स गर्नैपर्छ ? जवाफ हो– अनिवार्य छैन तर फुर्सदको समय व्यर्थ बिताउनुभन्दा ब्रिज कोर्स गर्नु उपयुक्त हो । यसले तपाईंको लक्ष्यलाई सजिलै हासिल गर्न सहयोगी भूमिका निर्वाह गर्छ । ब्रिज कोर्सले पढाइको सिलसिला जोड्छ र उच्च शिक्षाका लागि तयार बनाउँछ । अर्थात् एघार कक्षाको शिक्षाबारे पूर्व अभ्यास गराउँछ ।
ब्रिज कोर्समा विद्यार्थीको रोजाइ अनुसार ११ को पाठ्यक्रममा आधारित विभिन्न विषयको पठनपाठन गराइन्छ । यस्ता कक्षामा विशेषगरी उच्च माध्यमिक तहको कोर्स अनुसार अध्यापन हुन्छ । अन्य के कस्ता तयारी गर्ने भन्ने कुरा बुझाउँछ । त्यसबाहेक विद्यार्थीहरूलाई बौद्धिक खुराकहरू पनि दिइन्छ । उत्कृष्ट कलेजहरूले प्रवेश परीक्षामा कस्ता प्रश्नहरू सोध्छन् र त्यसको जवाफ कसरी दिने भन्ने पूर्व तयारी र अभ्यास पनि गराउँछन् । यसर्थ फुर्सदको समयमा ब्रिज कोर्स गर्नु राम्रो हुन्छ ।
समय त्यसै पनि बितेर जान्छ तर यसको सदुपयोग गर्न सक्यौं भने यसले भविष्यमा धेरै कुरामा सहजता थप्ने गर्छ । विद्यार्थीहरूको लागि यो समयमा सिकेका कुराले उनीहरूको जीवनलाई दिशानिर्देश गर्छ । खाली समयमा केही न केही सिक्नुपर्छ भनेर अभिभावकले दबाबभन्दा पनि उत्प्रेरणा दिनुपर्छ । उनीहरूको अभिरुचिबेगर अनावश्यक दबाब दिइयो भने नकारात्मक परिणाम हासिल हुन सक्छ । त्यसैले माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थी र अभिभावकबीच समन्वय हुनुपर्छ । समयको सदुपयोग गर्नका लागि अभिभावकले नै सोधौं–के गर्ने ? उनीहरूलाई रमाइरमाई काम गर्न उत्प्रेरित गरौं र ब्रिज कोर्सको महŒव बुझाएर सही इन्स्टिच्युट रोजेर ब्रिज कोर्स गर्न प्रेरित गरौं ।