सम्मानको शिक्षा–भावी पीढीलाई मार्गदर्शन

एकपटक इलाजको लागि पटना जाँदा त्यहाँको चिडियाखाना हेर्न गएको थिएँ । टिकट काउन्टरको छेउमा एउटा बोेर्ड झुन्डिएको थियो, जसमा लेखिएको थियो–“पाँच वर्षमुनिका केटाकेटीहरूको लागि प्रवेश निश्शुल्क ।” म टिकट काउन्टरमा टिकट लिइरहेको बेला एकजना व्यक्ति आप्mना दुई भाइ छोरासहित चिडियाखाना घुम्न आएका थिए । उनी छोरालाई सिकाइरहेका थिए टिकट काट्नेले यदि तिम्रो उमेर सोध्यो भने उसलाई पाँच वर्ष पुग्न चार महीना बाँकी छ भन्नु । यो सुनेर मलाई अचम्म लाग्यो दश रुपियाँ जोगाउनका लागि हामी आफ्ना सन्तानलाई झूटो बोल्न सिकाउँछौं । त्यसै बेला एकजना अर्का मानिस पनि टिकट काउन्टरमा पुगेर दुईवटा टिकट माग्छन् । टिकट काउन्टरले उनको छोरोको उमेर सोध्छ, तिम्रो उमेर कति छ ? उसका बुवाले जवाफ दिन्छन् ६ वर्ष । कैशियरलाई यो सुनेर आश्चर्य लाग्छ र भन्छ यदि तपाईंले पाँच वर्षभन्दा कम भनेको भए पनि म पत्याउँथे । ती व्यक्तिले जवाफ फर्काए–“तिमी त पत्याउँथ्यौं तर मेरो छोरोले त म भूmटो बोलेको बुझ्थ्यो ।” तपाई कल्पना गर्नुहोस् ती दुवै मानिसमध्ये कसको छोरो ठूलो भएपछि राम्रो मानिस बन्ला ?

आजको युवा पीढी भोलिको नेता हो । भावी नेता, डाक्टर, व्यापारी, जज, शिक्षक आजको विद्यालय र क्याम्पसमा तयार भइरहेका छन् । कुनै पनि देशको भविष्य यी युवकहरूको ज्ञान, चरित्र, गुण र सीपमाथि निर्भर गर्दछ । एउटा राष्ट्र तब मात्र सम्मानित बन्छ यदि त्यस देशको युवा पीढीको चरित्र उच्च हुन्छ । भनिन्छ चरित्र निर्माणको पहिलो सबक नर्सरी कक्षादेखि नै शुरू हुन्छ । शोधले त के देखाएको छ भने जन्मिनुभन्दा पूर्व नै यो ज्ञान उनीहरू भित्र समावेश भएको हुन्छ, किनभने दृष्टिकोण र सिद्धान्त आनुवंशिक हुन्छ अर्थांत् एक पीढीबाट अर्को पीढीमा हस्तान्तरण हुन्छ । एकपटक एकजना बुजुर्ग आँपको बिरुवा रोपिरहेका थिए । त्यस बाटोबाट हिंड्ने एकजनाले उनीसँग सोध्यो–“यस उमेरमा रोपेको आँपको फल के तपाईं खान सक्नुहुन्छ ?” बुजुर्गले जवाफ फर्काए “जुन रूखले मलाई छाया र फलपूmल दिएको छ के त्यो बोट मैले रोपेको थिएँ ? मपछि आउने पुस्ताका लागि छ, म यो रूख रापिरहेको छु ।” के हामी भावी पुस्ताको रक्षक होइनौं र ? एउटा राष्ट्रको जिम्मेवारी आप्mनो धरोहरलाई दिग्भ्रमित हुनबाट जोगाउनु होइन र ?
कलिलो उमेरमा बसेको बानी प्रायः स्थायी हुन्छ । आजको युवामा भएको आत्मविश्वासको कमी यसैको परिणति हो । युवाहरूमा व्याप्त निराशा समाजमा पैmलिएको कुरीति, नैतिक पतन र शिष्टताको कमीको द्योतक हो । हामी यदि युवाहरूको भविष्य निर्माण गर्न सक्दैनौं भने कम से कम भविष्यका लागि उनीहरूलाई तयार त गर्न सक्छौं । यसका लागि आमाबुवा, शिक्षक र समाजका अगुवाहरूलाई एकजुट हुनु आवश्यक छ । केटाकेटीहरूको लागि राम्रो शिक्षा आवश्यक छ तर त्योभन्दा पनि महŒवपूर्ण आमाबुवाले दिने नैतिक मूल्यको शिक्षा हो जुन व्यावहारिक जीवनको सफलताको लागि अत्यन्त महŒवपूर्ण हुन्छ ।

सबै आमाबुवाले आप्mना सन्तानलाई माया गर्छन् । उनीहरूलाई स्वतन्त्रता प्रदान गर्छन् तर उनीहरूको हरेक आकाङ्क्षा स्वीकार गर्नु र आप्mनो जिम्मेवारी पूरा भएको ठान्नु उचित होइन । जुन आमाबुवाले आप्mनो सन्तानको अनुचित इच्छालाई ‘नाइँ’ भन्दैनन् उनीहरूको सन्तानले पछि उनीहरूकै टाउको खान्छन् । आमाबुवा स्वयं आदर्श पात्र बनेर आप्mनो सन्तानका राम्रो सुरक्षा कवच प्रदान गर्न सक्छन् । पारिवारिक नैतिक पतनले सन्तानलाई विनाशतर्पm धकेल्छ । अनुशासनले सन्तानको आत्मालाई टुक्रा पार्दैन तर यदि सन्तानमा अनुशासनको कमी छ भने त्यसले आमाबुवाको हृदयलाई अवश्य नै टुक्राटुक्रा गर्छ । यस कारण आमाबुवाको पहिलो कर्तव्य आप्mनो सन्तानलाई अनुशासनको पाठ सिकाउनु र जुन समाजमा उनीहरू बस्छन् त्यसको सदस्य बनाउनु हो ।

शिक्षा दुई प्रकारको हुन्छ । पहिलो प्रकारको शिक्षा त्यो हो, जसले हामीलाई जीवनयापन गर्न सहयोग गर्छ र दोस्रो त्यो, जसले हाम्रो जीवन निर्माण गर्छ । कुनै पनि प्रकारको शिक्षा चरित्र निर्माणमा गएर समाप्त हुन्छ र यसले भावी जागरुक नागरिक तयार गर्छ । पढ्नुपर्छ भन्ने कुरा त्यति महŒवपूर्ण होइन, जति के पढ्नुपर्छ भन्ने कुरा हो । शिक्षा समाजको आत्मा हो । शिक्षाले हामीलाई नियम र अपवाद सम्बन्धमा ज्ञान प्रदान गर्छ जसले हाम्रो सोच परिमार्जित हुन्छ । शिक्षाले नै मानिस–मानिसबीच अन्तर स्पष्ट हुन्छ । शिक्षाले मानिसमा आप्mनो अधिकार र जिम्मेदारीप्रति भावना विकसित गर्छ । शिक्षाको कारणले नै नेतृत्व गर्न सजिलो हुन्छ । शिक्ष्Fितलाई बेवकूफ बनाउन सकिन्न, गुलाम बनाउन त झन् कठिन हुन्छ ।

शिक्षाको पहिलो उद्देश्य चरित्र निर्माण हो भने आनन्दमय र आरामदायक जीवन व्यतीत गर्ने तरीका सिकाउनु पनि हो । यी लक्ष्य त्यसबेला मात्र हासिल गर्न सकिन्छ जब हामी शिक्षाप्रति वचनबद्ध र प्रतिबद्ध हुन्छौं । कुनै पनि राष्ट्रको निर्माण विचारले मात्र सम्भव हुन्छ । यदि ‘शिक्षा’ कसैलाई महँगो लाग्छ भने त्यसका लागि के उचित हुन्छ भने अज्ञानता प्राप्त गर्ने कोशिश नगरोस् ।

टेक्सास वेसलियान युनिवर्सिटीका प्रोफेसर अर्थर वार्ड भन्छन्–एउटा पढेलेखेको मानिस खुला दिमागले प्रत्येक कुरामाथि सोचविचार गरेर आप्mनो धारणा प्रस्तुत गर्छ । सम्मान र साहसपूर्वक जीवनयापन गर्छ, माया र स्नेहले कसैको गल्तीलाई क्षमा गर्छ । ऊ आप्mनो सहुलियतभन्दा बढी महŒव आप्mनो जिम्मेवारीलाई दिन्छ । ऊ निरन्तर अझ सिक्ने प्रयास गर्छ । उसले धनभन्दा बढी महŒव विचारलाई दिन्छ । उसलाई थाहा हुन्छ, सुन्दरताको सार इमानदारी र चरित्र हो । ऊभित्र धन्यवादको भण्डार हुन्छ । ऊ नयाँ चुनौती, विभिन्न संस्कृति, असाधारण रीतिरिवाज र विरोधात्मक विचारको स्वागत र सम्मान गर्छ । पढेलेखेको मानिस त्यो हो, जसको हृदयमा अझ ज्ञान हासिल गर्ने लालसा होस् । उसले आप्mनो सम्पूर्ण ध्यान स्व, समाज र राष्ट्रको उन्नतिको सम्भावना र उम्मेदले लगाएको हुन्छ ।

आजभोलि अधिकांश आमाबुवा र अध्यापक यस कारण युवा पीढीलाई धेरै प्रेरित गर्दैनन् किनभने उनीहरू स्वयं गलत तरीकाले हिंडि र सोचिरहेका हुन्छन् । उनीहरू स्वार्थ–संस्कृतिलाई ‘यो मेरो जिन्दगी हो’ भन्छन् । एउटा अध्यापकले दिने शिक्षाको असर आउने पीढी माथि पनि पर्छ । प्राचीनकालमा विद्यार्थी आप्mनो गुरुसँगै परिवारको एउटा सदस्यको रूपमा बस्दथे । गुरुले पनि विद्यार्थीको सम्पूर्ण जिम्मेवारी आप्mनो काँधमा लिन्थे । गुरु–आमाको रूपमा, विद्यालयमा शिक्षक वा प्रधानाध्यापकको रूपमा हुन सक्छ । तर आज यो सम्बन्ध गौण भएको छ ।

आज आमाबुवालाई आप्mनो सन्तानलाई सही मूल्यको शिक्षा दिन‘ नाइँ’ भन्ने कला सिक्नु अति आवश्यक छ किनभने आजको युवापीढी ‘हो’ सुन्न चाहन्छ हो । आज सन्तानले भन्छ, मलाई यो चाहियो । आमाबुवा भन्छन्–हुन्छ । भोलि सन्तानले भन्छ, म रेस्टुरममा खाना खान गइरहेको छु । आमाबुवा भन्छन्–जाऊ । यहाँ प्रश्न के उठ्छ भने के सानो केटाकेटीमा चालीस वर्षको आमाबुवा जस्तै सोच्ने र बुझ्ने मस्तिष्क हुन्छ ? यदि हुँदैन भने सिकाउने जिम्मेवारी कसको ? यहाँ के स्मरणीय छ भने हामीलाई आप्mनो कुलबाट नाम प्राप्त हुन्छ तर त्यसलाई सधैं कायम राख्न हाम्रो चरित्रले काम लाग्छ । र चरित्र उजिल्याउन आज समाजमा नैतिकतालाई पुनः परिभाषित गर्ने आवश्यकता छ । यही हो सम्मानको शिक्षा र भावी पीढीलाई मार्गदर्शन ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्