विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यार्थी र शिक्षकबीच मधुर सम्बन्ध हुनुपर्छ । यसका लागि शिक्षकहरूले कक्षा कोठा होस् वा विद्यालय परिसर, विद्यार्थीहरूलाई भयमुक्त वातावरण प्रदान गर्ने कोशिश गर्नुपर्छ । शिक्षकहरूले विद्यार्थीहरूको अपमान हुने शब्द प्रयोग गर्नुहुन्न । विद्यार्थीहरूले शिक्षकहरूको कुरालाई ध्यान दिएर सुन्नका लागि उनीहरूमा भय सृजना गर्नु आवश्यक छैन । यस कारण शिक्षकहरूले केही यस्ता उपाय खोज्नुपर्छ जसबाट प्रभावित भएर विद्यार्थीहरू सदैव शिक्षकको आज्ञा पालना गरून् ।

पहिलोपटक एउटा निजी विद्यालयमा शिक्षकको रूपमा बहाल हुँदा मैले केटाकेटीहरू निहुरिएर बसेको देख्दा मलाई बडो अचम्म लाग्यो । म पढाउँदै गएँ र उनीहरू मौन रहे । मैले उनीहरूलाई फरासिलो बनाउन बिस्तारै अध्ययन सँगसँगै रमाइलो क्रियाकलापमा सहभागी गराउन थालें । गल्ती असफलता होइन भन्ने कुरो बुझाएँ । मैले उनीहरूको शारीरिक र मनोवैज्ञानिक समस्या बुझ्ने प्रयास गरें । विद्यार्थीहरूले असल व्यवहार देखाउँदा पटकपटक प्रशंसा गरें र उनीहरूका ससाना कमजोरीलाई महŒव दिइनँ । बिस्तारै उनीहरू मसँग खुल्न थालें, फुर्सदको बेला कुरा गर्न थालें ।

एकपटक कामको सिलसिलामा म बाहिर गएको थिएँ । फर्केर आउँदा अन्य शिक्षकहरूको के शिकायत थियो भने केटाकेटीहरू बढी हल्ला गर्न थालेका छन् । मसँग साथी शिक्षकहरूको प्रश्नको कुनै जवाफ थिएन । हल्ला गर्नु त केटाकेटीहरूको स्वभाव हो र हाम्रो काम उनीहरूलाई व्यस्त राख्नु हो । केटाकेटीहरूलाई विद्यालयमा हर समय बाँधेर राख्नु उचित होइन । विद्यार्थीहरू प्रायः मेरो कक्षामा खुलेर बोल्छन् किनभने उनीहरूसँग मेरो सम्बन्ध आपसी विश्वास र सम्मानको आधारमा छ । खराब व्यवहार गर्ने विद्यार्थीलाई म एक्लै भेटेर त्यसो नगर्ने सल्लाह दिन्छु र सम्झाउने प्रयास गर्छु । समूहमा सकेसम्म कसैको व्यक्तिगत टीकाटिप्पणी गर्दिनँ ।

विद्यार्थीहरूलाई अनुशासनको निहुमा हप्काउनु समस्याको समाधान होइन । विद्यार्थीहरूमा असीमित ऊर्जा हुन्छ । उनीहरू कराएर दगुर्दै एक अर्कासँग आप्mनो भावना साटासाट गर्छन् । यो हामी ठूलालाई किन राम्रो लाग्दैन ? आखिर उनीहरूमाथि चुप रहने र सदैव पढिरहने अनुशासन किन थोपरिन्छ ? केटाकेटीहरूको लागि बेलुका मात्र खेल्नु आवश्यक छ ? बेलुका नहुन्जेल कोही घर बाहिर निस्कन नपाउने यो कस्तो नियम हो ? यस्ता धेरै नियम उनीहरू माथि आजभोलि थोपरिन्छ र त्यसको परिणाम पनि हाम्रो सामु छ । यस कारण शिक्षकहरूले विद्यार्थीहरूको सहभागितामा सिकाइ उद्देश्य हासिल गर्न छोटो र स्पष्ट नियम बनाउने र उल्लङ्घन भएमा भोग्नुपर्ने परिणामबारे उनीहरूसँग गहन छलफल गर्नुपर्छ ।

विद्यार्थीहरू सम्प्रेषणको सशक्त माध्यम हुन्छन् । उनीहरूसँग हामी शिक्षकभन्दा बढी सूचनाहरू हुन्छ । उनीहरू विनास्वार्थ सबै कुराहरू यत्रतत्र सर्वत्र प्रसारित गर्छन् । हामी शिक्षकहरूले नै त्यसको सदुपयोग गर्दैनौं । यस कारण शिक्षकहरूले उनीहरूलाई विद्यालयको हरेक गतिविधिमा सामेल गर्नुपर्छ । यसरी उनीहरूको आत्मविश्वास बलियो हुन्छ । कहिलेकाहीं म उनीहरूलाई नै आप्mनो सट्टा प्रयोग गर्ने गर्छु । एकपटक राम्ररी सम्झाएपछि उनीहरू सहज र सरल ढङ्गले सुम्पिएको काम पूरा गर्छन् । यसरी कक्षा नियन्त्रण गर्ने कार्य दिएर अभद्र विद्यार्थीलाई पनि उत्तरदायित्व बोध गराउन सकिन्छ ।

शिक्षकहरूले के बुझ्नुपर्छ भने विद्यार्थीहरू शिक्षकको व्यवहार अनुकरण गर्छन् । कहिलेकाहीं आपूmतिर आकर्षित गराउन शिक्षकहरूलाई रीस पनि उठाउँछन् भन्ने कुरा बुझ्नुपर्छ । शिक्षकबाट राम्रो व्यवहार र प्रशंसा पाएमा उनीहरूले त्यस्तै दोहो¥याउने सम्भावना बढी हुन्छ । आज केटाकेटीहरूमा घोक्ने परम्परा बढ्दै गएको छ । यस कारण उनीहरूमा अवधारणा विकसित गर्न कविता, कथा वा अन्य विधिको सहारा पनि लिनुपर्ने हुन्छ । आप्mनो कार्यको समीक्षा गर्न विद्यार्थीहरूलाई अवसर प्रदान गर्नुपर्छ । आज हामीसँग सूचना र प्रविधिजस्ता थुप्रै सशक्त औजार उपलब्ध छन् । यसको प्रयोगले घोक्ने बानीमा -हास ल्याउन सकिन्छ । विद्यार्थीहरू पाठसम्बन्धी उदाहरण, प्रेरक प्रसङ्ग, रोचक कथा र हँसिलो वातावरणबाट बढी प्रभावित हुन्छन् । यस्ता प्रयोगले शिक्षकहरूको पनि कोश वृद्धि हुन्छ ।

विद्यार्थीहरूमा पढ्ने बानी विकसित गर्न मैलै प्रारम्भमा एउटा कक्षा छनोट गरी उनीहरूलाई महीनाको अन्तिम साता एकएक रुपियाँ जम्मा गर्न लगाएँ र जम्मा रकममा केही थप गरी केही रोचक बाल कथा, सामान्य ज्ञानका किताबहरू पालैपालो उनीहरूलाई पढ्न दिएँ । अर्को कुरो उनीहरूलाई कथा, कविता, निबन्ध लेख्न लगाई शनिवारको प्रतीक दैनिकको वाटिका अङ्कमा छाप्न लगाएँ । परिणाम स्वरूप विद्यार्थीहरू लेख्न र पढ्न थाले । आप्mनो नाम र आप्mनो कक्षा, कविता, निबन्ध पत्रिकामा छापिएको देखेर उनीहरू दङ्ग पर्छन् र आप्mना साथी, परिवारजन र स्वयं मलाई पनि देखाउँछन् ।

केटाकेटीहरूमा असीमित प्रतिभा लुकेको हुन्छ । मात्र दुई दिनको अभ्यासमा उनीहरू कार्यक्रमलाई राम्ररी सञ्चालन गर्न सक्छन् । विद्यालयमा हुने प्रार्थनासभामा प्रत्येक दिनको दुई मिनेटको नियमित अभ्यासले पनि उनीहरूमा कल्पना शक्ति र बोल्ने कलाको विकास सजिलै गर्न सकिन्छ । प्रार्थनासभामा विद्यार्थीहरूलाई समाचारपत्रको कुनै प्रमुख अंश पढ्न लगाउने वा कुनै विषयमा बोल्न लगाउने । यसरी बोल्दा विद्यार्थीहरूको तालीले उनीहरूको आत्मविश्वास बढ्छ । कक्षामा कहिल्यै नबोल्ने केटाकेटीहरू पनि खुलेर बोल्न थालेको मेरो लामो अनुभव छ । अधिकांश शिक्षकहरू जानेर वा नजानेर विद्यार्थीहरूको स्वाभाविक प्रवाह रोक्ने गर्छन् । केटाकेटीहरू शिक्षकहरूको अगाडि बिस्तारै खुल्छन् तर हामी शिक्षकहरू नै धैर्य राख्दैनौं र व्यक्तिगत टिप्पणी गरिहाल्छौं । यो देख्दा अचम्म लाग्छ ।

विद्यार्थीहरूले गृहकार्य गर्दैनन् भन्ने गुनासो प्रायः प्रत्येक शिक्षकले गर्ने गर्छन् । तर मैले के अनुभव गरेको छु भने हाम्रो सम्बन्ध उनीहरूको कापीसँग हुँदैन । हामी निर्दयी तरीकाले उनीहरूको कापी जाँच्ने गर्छौं । हाम्रो पूरा ध्यान उनीहरूको गल्ती खोज्न तल्लीन रहन्छ । हामी कस्ताकस्ता टिप्पणी उनीहरूको कापीमा लेख्ने गर्छौ । मलाई के लाग्दछ भने हामीले उनीहरूमा कुनै विशशेषता नै देख्दैनौं । मेरो त के धारणा छ भने शिक्षकहरूले बढीभन्दा बढी कार्य विद्यालयमा नै सकाउनुपर्छ । गृहकार्य दिनु नै छ भने त्यो खोजमा आधारित हुनुपर्छ, चुनौतीपूर्ण र नयाँ हुनुपर्छ किनभने विद्यार्थीहरू सधैं एकनासको गृहकार्य रुचाउँदैनन् । शिक्षकहरूले विद्यार्थीहरूको गृहकार्यलाई प्रत्येक दिन राम्ररी जाँच्नुपर्छ र उनीहरूको कापीमा प्रोत्साहित गर्ने शब्द र नराम्रो गर्ने विद्यार्थीको कापीमा सुधारात्मक सुझाव लेख्नुपर्छ ।

केटाकेटीहरू मायाका भोका हुन्छन् तर हामी शिक्षक सधैं उनीहरूमाथि अनुशासनको छडी चलाइरहन्छौं । के हामी घरमा आप्mनो सन्तानसँग पनि यस्तै व्यवहार गर्छौं ? मलाई के लाग्दछ भने हामी अधिकांश शिक्षक दोहोरो चरित्र निर्वाह गर्छौं । आप्mनो सन्तानका लागि एक किसिमको आचरण र विद्यालयमा पढ्ने विद्यार्थीहरूका लागि अर्को आचरण । यो कस्तो कुरो हो ? विद्यार्थीहरू स्वाभिमानी हुन्छन् र हामी सधैं उनीहरूको स्वाभिमान भङ्ग गर्छौं । उनीहरूलाई राम्रो बनाउने हाम्रो जिम्मेवारी होइन र ?

गाउँले विद्यार्थीहरूको परिवेश साधारण हुन्छ तर उनीहरू शहरका विद्यार्थीहरूभन्दा बढी समझदार हुन्छन् । मात्र अक्षर ज्ञान वा महँगो, ठूलो अङ्ग्रेजी विद्यालयमा पढाउनाले विद्यार्थीहरू बढी गुणवान हुँदैनन् । गाउँले परिवेशमा सामुदायिकता, कला, संस्कृति, रीतिरिवाज, सहयोग, आपसी तालमेल, सामूहिकतासँगै वसुदैव कुटुम्बकम्को दर्शन पनि पाइन्छ । शहरिया विद्यार्थीहरू जहाँ आप्mनो घरको कोठामा मात्र सीमित हुन्छन् त्यहीं गाउँका विद्यार्थीहरू विभिन्न प्रकारका खेल, मौसम, खेतीपाती, पशुपालन र प्रकृतिसँग प्रेम गर्ने हुन्छन् । यही कारण हो शहरिया विद्यार्थीहरू कक्षा कोठामा मेघावी भए तापनि जीवनको पाठशालामा असफल देखिन्छन् । यही कारण हो उनीहरू सरकारका ठूला पदमा बहाल हुन्छन् तर सामाजिक सरोकारसँग उनीहरूको रुझान त्यति हुँदैन । यसको असर धेरै टाढासम्म पर्छ । यस्तै हाम्रो राजनीति, नीति निर्धारण र न्यायपालिकासँग पनि हुन्छ । सुदूर ग्रामीण परिवेशबाट उच्च ओहदामा पुगेका मानिसहरू लोकप्रिय पनि हुन्छन् र समाजको हितमा राम्रो काम पनि गर्छन् । राष्ट्रिय शिक्षा नीति निर्धारणमा शिक्षाविद्हरूले यस कुरामा विशेष ध्यान दिए राष्ट्रहितमा लाभदायक हुन्छ ।

के विद्यार्थीहरूलाई राम्रो बनाउने हाम्रो जिम्मेवारी होइन ? के उनीहरूसँगको हाम्रो नाता कक्षाकोठासम्म मात्र सीमित रहनुपर्छ ? हामी पसले र ग्राहक होइनौं । शिक्षा र विद्यार्थीको नाता अतुलनीय हुनुपर्छ । यस कारण विद्यार्थीहरूको हौसला सदैव बढाउनुपर्छ । उनीहरूको प्रशंसा गर्नुपर्छ । उनीहरूसँग स्नेहपूर्वक कुरा गर्नुपर्छ । यसरी गरेर हेर्नुहोस्, उनीहरू तपाईंको अनुयायी बन्छन् । लेखोट सम्बन्धमा हाम्रो समाजमा हालसम्म गलत अवधारणा कायम छ र लेखोटको निहुमा शिक्षकहरू पनि विद्यार्थीको कापी रातो बनाइराखेका पाइन्छन् । त्यस्ता लेखोट जसलाई सजिलै पढ्न सकिन्छ त्यो नै नयाँ शिक्षण विधि अनुसार राम्रो मानिन्छ । के हाम्रा सबै शिक्षकको लेखोट मोतीजस्तो आकर्षक हुन्छ र ?

विद्यालय होस् वा घर, शिक्षक, अभिभावक र समाज सबैले विद्यार्थीमा प्रतियोगिताको भावना जन्माइरहेका छन् । यस्तो प्रतियोगिता जसमा हरेक विद्यार्थी सर्वोत्कृष्ट हुन चाहन्छ तर प्रथम त एउटा मात्र हुन्छ र दोस्रो, तेस्रो… विद्यार्थीहरूको हात लाग्छ अप्रसन्नता । यस्तो अप्रसन्नता जसले उनीहरूमा गलत मनोभाव विकसित हुन्छ । यस्तै विद्यार्थीहरू पछि गएर असामाजिक काम गर्न थाल्छन् । ‘म’ को यो भावना जुन तीव्र गतिले पैmलिरहेको छ के त्यसको दायित्व हामी शिक्षकले नलिने ? यसर्थ हामी शिक्षकहरूले विद्यालयमा भयरहित वातावरण निर्माण गर्न आआप्mनो भूमिका बुझ्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here