समय परिवर्तनसँगै अनेक किसिमका पद्धति, सिद्धान्त र वादहरूको विकास भयो । तिनको प्रयोग पनि भयो । तीमध्ये केहीले मात्र दीर्घ जीवन पाए । धेरैको मृत्यु भयो ।

केही वाद र सिद्धान्त लोकहितका लागि निर्माण भएका थिए । तर तिनको प्रयोगकर्ताले ती वाद र सिद्धान्त केवल आफ्नो हितको लागि उपयोग गरे । केही वाद र सिद्धान्त निर्माण केही व्यक्तिले केवल आफ्नो हितका लागि गरे । आफ्नो स्वार्थ पूर्तिका लागि तिनको प्रयोग गरे । ती वाद र सिद्धान्तको प्रयोग गरेर जनतालाई झुक्याए, ठगे ।

कुनै समय राजा, महाराजा र बादशाहहरूले निर्माण गरेका राष्ट्रवाद पनि निकै प्रचलनमा रह्यो । लोपप्रिय पनि रह्यो । राष्ट्रवादको नाममा करोडौं व्यक्तिले एकआपसमा युद्ध गरे । आप्mनो ज्यान दिए । राष्ट्रवादको नाममा, राज्य विस्तारको नाममा करोडौं व्यक्तिले युद्ध गरे । राजा, महाराजा र बादशाहहरूलाई फाइदा पु-याए । खासमा राष्ट्रवादको निर्माण राजा, महाराजहरूले आप्mनो फाइदाको लागि गरेका थिए । राजगद्दी वा सिंहासनको रक्षाका लागि गरेका थिए । राष्ट्रवादबाट जनताले के फाइदा पायो, के फाइदा पाइरहेको छ ?

संसारभरिकै गरीबहरूको कुरा गर्ने हो भने उनीहरूको जन्म एउटा देशमा हुन्छ, आजीवन अर्को देशमा बस्छन् । खोइ त गरीब व्यक्तिको राष्ट्रवाद ? शान्ति, सुरक्षा, रोजगारजस्ता कारणले गर्दा अहिले पनि विश्वको लगभग एक चौथाई जनसङ्ख्या आफू जन्मे, हुर्केको देशमा होइन, अर्को देशमा बसेको पाइन्छ । यथार्थमा उच्च महत्वाकाङ्क्षा र पेटभित्रको भोकले मानिसभित्र रहेको राष्ट्रवादलाई अर्थहीन तुल्याइदिएको हुन्छ । तर पनि राष्ट्रवादको प्रयोग अझै व्यापक भइरहेको छ । राष्ट्रवाद, नेताहरूको लागि सुन दिने कुखुरा भएको छ ।

साम्यवाद र समाजवादको निर्माण कुनै समयमा केही व्यक्तिले लोकहितको लागि गरे । कार्लमाक्र्स तिनै केही व्यक्तिमध्येका थिए । तर पछि, समाजवाद र साम्यवाद, दुवै वादको प्रयोग बहुसङ्ख्यक स्वार्थी नेताहरूले आफ्नो फाइदाका लागि गरे । प्रयोग मात्र गरेरनन्, आप्mनो देशको जनताको चरम शोषण गरे । चीनका माओत्से तुङ, रूसका स्टालिन र लेनिन, उत्तर कोरियाका किम इल सुङ, भेनेजुएलाका ह्युगे चाभेज, क्युबाका फिडेल कास्ट्रोजस्ता व्यक्तिले साम्यवादको भरपूर प्रयोग केवल आप्mनो फाइदाका लागि गरे । सतह बाहिर हेर्दा र यी नेताहरूको भनाइ अनुसार साम्यवादको प्रयोग देश र जनताको लागि गरेको भने तापनि यथार्थमा यी नेताहरूले साम्यवादको प्रयोग आप्mनो हितका लागि गरे ।

संसारभरिमा सर्वाधिक दुरुपयोग भएको वाद, साम्यवाद वा समाजवाद हो । दक्षिण एशियामा, मुख्यगरी भारतमा इन्दिरा गाँधीले पनि समाजवादको निकै दुरुपयोग गरिन् । भारत होइन, आपूmलाई बलियो बनाउन इन्दिरा गाँधीले समाजवादको चरम दुरुपयोग गरिन् । भारतलाई अति गरीब पारिन् । भारतीय कम्युनिस्टहरूले पनि साम्यवाद (नक्स्लाइट आन्दोलन) को चरम दुरुपयोग गरे । पश्चिम बङ्गाललाई त गरीब नै बनाए ।

साम्यवादको अत्यधिक दुरुपयोग हुने राष्ट्रहरूमध्ये नेपाल पनि एक हो । नेपालमा कम्युनिस्ट नेताहरूले साम्यवादको चरम दुरुपयोग गरेका छन् । गरीब जनतालाई साम्यवाद नामको लड्डु देखाएर नेपालका नेताहरूले अति नै ठगेका छन् । भोलिका दिनमा तपाईंहरूको दुःख समाप्त हुन्छ भन्दै नेपालका कम्युनिस्ट नेताहरूले जनतालाई बन्दूक बोकाएका छन् । आप्mनै दिदीबहिनी दाजुभाइको हत्या गर्न लगाएका छन् । साम्यवादको पासो थापेर जनतालाई त्यस पासोमा पारेर नेपालका धेरै साम्यवादी नेताहरू शक्तिमा पुगेका छन् । सांसद, मन्त्री र प्रधानमन्त्री भएका छन् । कुन कुन कम्युनिस्ट नेताहरूले नेपालीहरूलाई कसरी ठगे भन्ने कुरा घामझैं छर्लङ्ग छ । ती नेताहरूको नाम लिनुपर्दैन । अहिले भने संसारभरि नै एउटा वादको निकै प्रयोग हुन थालेको छ लोकतान्त्रिक निरङ्कुशतावाद ।

सर्वप्रथम लोकतान्त्रिक निरङ्कुशतावाद के हो त्यो बुझौं । लोकतान्त्रिक निरङ्कुशतावाद भनेको नाम लोकतन्त्र तर व्यवहार निरङ्कुश । लोकतान्त्रिक निरङ्कुशतावादमा व्यवस्था तथा देशभित्र न्यायालय हुन्छ, संसद् हुन्छ, सरकार पनि हुन्छ । तर यी तीनै अङ्ग केवल एक वा केही नेताको नियन्त्रणमा हुन्छ । स्वतन्त्र हुँदैन । कार्यपालिका, न्यायपालिका र विधायिका, एक वा केही नेताहरूको कठपुतली मात्र हुन्छन् । यो वादमा प्रजातान्त्रिक किसिमले चुनाव हुन्छ, चुनाव निष्पक्ष भएको अति प्रचार प्रसार पनि गरिन्छ । तर चुनावमा जीत भने त्यही एक व्यक्ति वा केही व्यक्तिको हुन्छ । अन्य प्रतिस्पर्धी पाखा लाग्छन् । उनीहरूलाई पाखा लगाइन्छ ।

रूसमा अहिले लोकतान्त्रिक निरङ्कुशतावादको प्रयोग चरम किसिमले भइरहेको छ । भ्लादमिर पुटिन यही वाद प्रयोग गरेर पटकपटक चुनावमा विजयी भइरहेका छन् । रूसको कार्यपालिका, न्यायपालिका र विधायिका, राष्ट्रका तीनै अङ्ग, अहिले पुटिनको नियन्त्रणमा छ । रूसमा लोकतन्त्र त छ, तर पुटिन मोडेलको छ । रूसको लोकतन्त्र निरङ्कुश लोकतन्त्र हो ।

भारत पनि अहिले निरङ्कुश लोकतन्त्रको मार्गमा दौडिन तयार अवस्थामा छ । केही दिनपछि नै भारतमा लोकसभा चुनाव हुँदैछ । र यो चुनावमा भाजपाले विजय प्राप्त गर्ने पक्का छ । नरेन्द्र मोदीले विजय प्राप्त गर्ने पक्का छ । मोदीले पनि पुटिनको मोडेल प्रयोग गरेका छन्, तर अलि फरक किसिमले । मोदीले धर्मलाई चुनावी रणनीति बनाएका छन् भने पुटिनले राष्ट्रवादलाई ।

लोकतान्त्रिक व्यवहार देखाएर के भ्लादमिर पुटिन र नरेन्द्र मोदी आप्mना उत्तराधिकारीलाई सत्ता हस्तातन्तरण गर्न सक्तैनन् ? आप्mनो दलका अन्य योग्य व्यक्तिहरूलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन सक्तैनन् ? लोकतन्त्रमा एउटै व्यक्ति पटकपटक एउटै पदमा बस्न पाउँदैन । एउटै व्यक्ति सदा पद र शक्तिमा रहँदा निरङ्कुश हुन्छ भनेर नै लोकतन्त्रमा निर्वाचन गराइन्छ । पुटिन र मोदी आआप्mना देशभित्र लोकप्रिय भए भन्दैमा के ती देशको जनताले यी दुईलाई नै जहिले पनि सरकार प्रमुख बनाउने ?

अब कुरा गरौ नेपालको । नेपालका यी नेताहरू– केपी ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दहाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपेन्द्र यादव, महन्थ ठाकुर आदि लोकतान्त्रिक निरङ्कुशतावादमा विश्वास र सोही अनुसार व्यवहार गर्ने नेता हुन् । जतिपटक चुनाव भए पनि, घुमाउरो पाराले (समानुपातिक, मनोनीत) भए पनि, यिनै नेता पटकपटक सत्तामा पुग्छन् । शक्तिशली बन्छन् । मन्त्री, प्रधानमन्त्री राष्ट्रपति बन्छन् । २०४७ सालदेखि यी नेताहरू जहिले पनि शक्ति र सत्तामा छन् । यिनीहरूलाई न चुनावले, न व्यवस्थाले विस्थापित गर्न सक्छ ।

नेपालमा अहिले लोकतान्त्रिक निरङ्कुशतावाद छ । अहिले यो वादले केही नेताहरूलाई निकै फाइदा पु-याएको छ । यो वादको प्रयोग गरेर नै केही नेता शक्तिशाली भएका छन् । पटकपटक उनीहरू नै सत्ता र सरकारमा पुगेका छन् । दुईपटक, तीनपटक, पाँचपटक प्रधानमन्त्री भएका छन् ।

लोकतान्त्रिक निरङ्कुशतावाद र अर्थ व्यवस्थाबीच कस्तो सम्बन्ध हुन्छ तथा लोकतान्त्रिक निरङ्कुशतावादले राष्ट्रलाई कसरी गरीब पार्छ अब त्यसबारे चर्चा गरौं ।

रूसका राष्ट्रपति भ्लादमिर पुटिनले लोकतान्त्रिक निरङ्कुशतावाद प्रयोग गरिरहेका छन्, यो कुरा जगजाहेर छ । राष्ट्रवादको नारा दिएर उनी चुनावमा विजयी सदा सफल भएका छन् । त्यति मात्र होइन, आपूm राष्ट्रवादी हुँ भनी प्रदर्शन र प्रमाणित गर्न उनले युक्रेनमाथि आक्रमण गर्न आप्mना सेना खटाएका पनि छन् । अर्थात् आपूmलाई राष्ट्रवादी देखाउन उनले युक्रेनमाथि अनावश्यक आक्रमण गरेका छन् । रूसलाई निरन्तर युद्धरत पारेर रूस र रूसी जनतालाई गरीब पार्ने कार्य गरेका छन् । यदि रूस युद्धमा नलागेको भए, रूसमा शान्ति रहेको भए, तीव्र गतिमा आर्थिक विकास गर्ने थियो । तर पुटिनलाई राष्ट्रवादी देखाउन, जहिले पनि सत्तामा रहिरहन रूस गरीब हुनुपरेको छ । युद्धमा अनावश्यक किसिमले लाग्नु परेको छ । युक्रेन सही छ वा गलत, त्यो चर्चाको अर्को पाटो हो । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की अन्य राष्ट्रद्वारा उचालिएर, अन्य राष्ट्रहरूका लगि रूससँग युद्ध गरिरहेका छन् । यो विश्लेषणको अर्को पाटो हो । यहाँ मुख्यरूपमा लोकतान्त्रिक निरङ्कुशतावादले कसरी देशलाई गरीब बनाउँछ, भन्नु हो । निरङ्कुशतावाद प्रयोग गरेर पुटिनले जसरी रूसलाई गरीब बनाइरहेका छन् त्यसैगरी विश्वका अन्य केही नेताले निरङ्कुशतावाद प्रयोग गरेर आप्mनो देशलाई गरीब बनाइरहेका छन् । निरङ्कुशतावादमा, शक्ति र सत्तामा रहिरहन, नेताहरू देशको स्रोत एवं साधनको, आप्mनो हितमा चरम दुरुपयोग गर्छन् ।

नेपाललाई पनि लोकतान्त्रिक निरङ्कुशतावादी नेताहरूले गरीब तुल्याइरहेका छन् । जहिले पनि, आपूmहरू नै, शक्ति र सत्तामा रहने यिनीहरूको स्वभावले गर्दा, वा यिनीहरूको निरङ्कुश चरित्रले गर्दा आर्थिक विकासका ठूला ठूला विषयले महत्व पाएका छैनन् । यिनीहरूको अर्जुन–दृष्टि केवल कुर्सीमा रहेकोले विकासका कार्यहरू अवरुद्ध भएका छन् । यी नेताहरूको सत्तालोलुप स्वभाव देखेर अहिले नेपालीहरूमा चरम निराशा व्याप्त भएको छ । विशेषगरी युवाहरू नेपालमा आप्mनो भविष्य सुरक्षित देखिरहेका छैनन् र प्रत्येक दिन चराजस्तो झुन्ड बनाएर, विदेशी आकाशतर्फ उडिरहेका छन् ।

नेपालका यी नेताहरूको लोकतान्त्रिक निरङ्कुशतावादले देशलाई झन्झन् गरीब पार्दै लगेको छ । यस गम्भीर विषयप्रति अति गम्भीर भएर एकजना नेताले मात्र पनि, शेरबहादुर देउवाले नै मात्र पनि, ‘मैले राजनीतिबाट सन्न्यास लिएँ’ भन्ने घोषणा गरिदिए नेपाली राजनीतिमा केही तरङ्ग आउने थियो । र त्यो तरङ्ग सकारात्मक हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here