प्रस, पोखरिया, ४ वैशाख/
पटेर्वासुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम)को निर्माण तथा संरक्षणको लागि जिल्लास्तरीय अन्तत्र्रिmया कार्यक्रम सोमवार पोखरियामा सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताहरूले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि सबै दल एकजुट हुनुपर्ने बताए । उनीहरूले भाथाधामलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गराउन सबै नेता र पालिकाहरू लाग्नुपर्नेमा जोड दिए । भाथाधामको विकास एउटा पालिकाबाट सम्भव नभएकोले स्थानीय, प्रदेश र सङ्घ सरकार पनि लाग्नुपर्ने बताए ।

साउन, माघ र वैशाखमा भाथाधाममा मेला लाग्ने गर्छ । प्रत्येक मेलाको समयमा कहिले वार्डेन त कहिले प्रमुख जिल्ला अधिकारीबाट अवरोध सिर्जना हुने गर्छ । आगामी दिनहरूमा त्यस्तो नहोस् भनी आजैबाट पहल गर्नुपर्ने वक्ताहरूको जोड थियो ।

समितिका अध्यक्ष अलखदेवप्रसाद थारूको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, प्रदेश सांसद श्याम पटेल, नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबी ठाकुर, उपाध्यक्ष ज्योति चौरसिया, रामेश्वर रौनियार, दीपनारायण रौनियार, नेजामुद्दीन समानी, सुजित गिरीलगायतले मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here