प्रस, वीरगंज, ३ वैशाख/
गहवामाई रथयात्रा पूजा समितिले सोमवार पत्रकार सम्मेलन गरी चैते रामनवमीको दिन गहवामाई मन्दिरमा महाआरती, प्रसाद वितरण हुने बताएको छ ।
गहवामाई रथपूजा समितिका अध्यक्ष श्याम पोखरेलले मङ्गलवार वैशाख ४ गते मोटरसाइकल -याली र ५ गते रामनवमीको दिन महाआरती आयोजना हुने जानकारी गराए । उनले महाआरतीमा सहभागी भएर प्रसाद ग्रहण गर्न वीरगंज महानगरवासीलाई आग्रह गरे । पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष देवानन्द कलवार, महासचिव लक्ष्मीनारायण (पप्पु) गुप्ता, कोषाध्यक्ष्F रवि अग्रवाल, पुरुषोत्तम दुबेलगायतको सहभागिता थियो ।