सुग्रीव साह, भिस्वा, ३ वैशाख/
इलाका प्रहरी कार्यालय, पोखरियाले भिस्वा बजारमा एकजना व्यापारीको गोदाममा छापा मारी भन्सार छलीको सामान बरामद गरेको छ ।
भारतको सिकटाबाट भन्सार छली भित्रिएका सामानहरू भिस्वा बजारको एउटा गोदाममा राखिएको सूचनाको आधारमा इप्रका, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसी नेतृत्वको टोलीले सोमवार छापा मारी सामान बरामद गरेको हो । गोदाममा चामल, चिनी, पीठो, बिस्कुट, खानेतेल भण्डारण गरिएको र त्यसको बिलबीजक नभएको पाएपछि प्रहरीले सामान नियन्त्रणमा लिएको हो । उक्त सामान स्थानीय रञ्जीत कानू (मोटु)को भएको बताइएको छ ।