खोजतलाश

बाघ हेर्ने घाघहरू संसारभरि पाइने पाटेबाघमध्ये १० प्रतिशत पाटेबाघ त हाम्रो सानो मुलुक नेपालमैं पाइन्छ । अचेल त बहुलाहा र भुस्याहा कुकुर मार्दासमेत जनावर अधिकारवादीहरूको कोपभाजनको शिकार बनिन्छ । संसारभरि रहेका करीब तीन हजार बाघमध्ये झन्डै तीन सय बढी बाघ त नेपालको ठुटे जङ्गलमैं विराजमान छन् । जङ्गलको राजा भनिने बाघ अचेल नेपालमा बेवारिसे बन्दै […]
मधुरो चालको हाम्रो अर्थतन्त्र

नेपालको केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आव २०८०–८१ को दोस्रो त्रैमासिकको सार्वजनिक गरेको विवरण अनुसार कुल गार्हस्थ्य उत्पादन गत वर्षको सोही अवधिको तुलनामा चार प्रतिशतले बढेको छ । समीक्ष्Fा अवधिमा कृषि उत्पादन एवं पर्यटनतर्पm भएको वृद्धि नै यसको प्रमुख कारण रहेको औंल्याइएको छ । यस समीक्ष्Fामा अर्थतन्त्रका १८ क्षेत्रमध्ये सबैमा सामान्य सुधार देखिए पनि औद्योगिक वस्तुको […]
स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ –राष्ट्रपति पौडेल

काठमाडौं, ४ वैशाख/रासस राष्ट्रपति रामचन्द्र पौडेलले खेलकूदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् । युवा तथा खेलकूद मन्त्रालयद्वारा मङ्गलवार आयोजित १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूद विकासका लागि आवश्यक स्रोत, साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले विशेष जोड दिनुपर्छ भने […]
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं, ४ वैशाख/रासस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले मङ्गलवार आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानून कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । […]
नेप्से परिसूचक मङ्गलवार पनि ओरालो लाग्यो

काठमाडौं, ४ वैशाख/रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलवार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार ९९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर ३५३ दशमलव ५१ मा […]
इजराइल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्घ, ४ वैशाख/एएफपी इरानले सप्ताहन्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आप्mना आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमवार बताएका छन् । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजराइली आक्रमणको सम्भावनाप्रति […]
हाजिरी जमानीमा छाडेपछि अन्सारी र डा साहविरुद्धको मुद्दा कमजोर बन्दै

प्रस, वीरगंज, ३ वैशाख/ नेशनल मेडिकल कलेजका सञ्चालक शाहनवाज अन्सारी र प्रयोगशाला प्रमुख डा सञ्जय साहविरुद्ध कालोबजारीसम्बन्धी मुद्दा अहिले ओझेलमा परेको छ । राजनीतिक दबाबका कारण पर्सा प्रहरीले नेशनल मेडिकल कलेजको प्रयोगशालामा मिति गुज्रिएका केमिकल बरामद भएपछि प्रबन्ध निर्देशक एवं सञ्चालक अन्सारी र प्रयोगशाला प्रमुख डा साहलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि उनीहरूविरुद्ध पहिलो […]
२०८१ वैशाख ०४ गते मङ्गलवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला
चिनियाँ नागरिक ठगी प्रकरणः प्रहरी अनुसन्धान जारी

प्रस, वीरगंज, ३ वैशाख/ जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइन चिठा र किनमेलको प्रलोभन देखाएर नेपाली तथा विदेशी नागरिक ठगी कार्यमा सक्रिय तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको सम्बन्धमा अहिलेसम्म अनुसन्धान भइरहेको जनाएको छ । गत चैत १७ गते वीरगंज महानगर–१५ लक्ष्मणवास्थित नन्दु पटेलको घर भाडामा लिएर बसेका चिनियाँ नागरिकहरूले अनलाइन चिठा र किनमेलको प्रलोभन देखाएर ठगी […]
प्रहरीले काठ चोरी गरेको भन्दै स्थानीयले चौकी घेरे

प्रस रौतहट, ३ वैशाख/ अस्थायी प्रहरी चौकी सन्तपुरका इन्चार्जले काठ चोरी गरेको भन्दै सोमवार बिहान स्थानीयले चौकी घेराउ गरेपछि इन्चार्जउपर कारबाई हुने भएको छ । चन्द्रपुर नगरपालिका–८ सन्तपुरका कृषि सहकारी साझा संस्थाको भवनमा सञ्चालन हुँदै आएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव संस्थाकै काठ चोरीको आरोपमा कारबाईमा पर्ने भएका छन् । चौकीका […]