प्रस, पोखरिया, २ वैशाख/
ॐ श्री हनुमान वृद्धाश्रम निर्माणको लागि शनिवार शिलान्यास भएको छ । सांसद अजय चौरसिया, वृद्धाश्रमका अध्यक्ष मुरलीधर रूँगटा, नगरप्रमुख राजेशमान सिंह र जग्गादाता परिवारतर्फबाट प्रेमकुमार टिबडेवालले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

वीरगंज महानगर–१९ अलौंमा शिलान्यास गर्दै सांसद चौरसियाले आफूले चुनावमा वृद्धाश्रम भवन निर्माण गर्ने वाचा गरेको र सो अब पूरा हुन गइरहेकोमा खुशी व्यक्त गरे । उनले आश्रम निर्माणको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तोकिएको समयमा गुणस्तरीय काम गर्न सांसद चौरसियाले ठेकेदार कम्पनीलाई आग्रह गरे ।

नगरप्रमुख राजेशमान सिंहले वृद्धाश्रम निर्माण हुन लागेकोमा खुशी व्यक्त गरे । उनले पनि महानगरको सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले ठेक्कामार्फत ६४ लाख रुपैयाँको लागतमा १२ कोठे पक्की भवन र एउटा हल तथा पाँचवटा बाथरूमसहितको भवन निर्माणको काम अगाडि बढाएको छ । यही असार मसान्तसम्म सो भवन निर्माण गर्नेगरी मृत्युञ्जय जेभी कन्स्ट्रक्शनले ठेक्का सकार गरेको छ ।

कार्यक्रममा आश्रमका सचिव जगदीशप्रसाद शर्माले स्वागत र श्याम पोखरेलले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here