प्रस, वीरगंज, २१ चैत/
इलाका प्रहरी कार्यालय अमलेखगंजले सूचनाको आधारमा मोटरसाइकलको टङ्कीमा लुकाएर हेटौंडा लैजाँदै गरेको लागूऔषध अनरेक्स ३९ बोतल बरामद गरेको छ ।
जिप्रका, बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.४३प २०२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा टङ्कीमा राखेको अवस्थामा ३९ बोतल अनरेक्स सिरप बरामद भएको बताए ।उनले मोटरसाइकलबाट लागूऔषध बरामद भएपछि हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय चालक शुभराज मोक्तान र पछाडि सवार सोही स्थान बस्ने २२ वर्षीय नीरज गोलेलाई पक्राउ गरिएको बताए । पक्राउ परेका दुवैजनालाई अदालतमा हाजिर गरेर पाँच दिनको म्याद लिई आवश्यक कारबाही प्रक्रिया थालिएको प्रवक्ता न्यौपानेले बताए ।