प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच कुटाकुट

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

दिनेशकुमार मिश्र, २० चैत/
धोबिनी गाउँपालिका कार्यालयमा मङ्गलवार प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच मङ्गलवार कुटाकुट भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह र कार्यपालिका सदस्य दिनेशप्रसाद कलवारबीच आज कार्यालयमैं हात हालाहाल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत साह कोलेनिका, वीरगंजबाट गापा कार्यालयमा पुगेको थिए र त्यहाँ कार्यपालिका सदस्य कलवारसँग उनको चर्काचर्की परेको थियो । विवाद बढ्दै जाँदा दुवैबीच हात हालाहालको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताए । प्रमुख प्रशासकीय अधिकृत साह १० दिनपछि आज कार्यालयमा आएका हुन् । उनी १० दिन भारत गएका र यस सम्बन्धमा जनप्रतिनिधिहरूलाई भने कुनै सूचना दिएका थिएनन् ।

प्रमुख प्रशासकीय अधिकृत साह अधिकांश समय कार्यालयमा नबस्ने, वीरगंजबाट समानान्तर कार्यालय सञ्चालन गर्ने र कमिशनका कामहरू मात्र गर्ने गरेका जनप्रतिनिधिहरूको आरोप रहँदै आएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसी नेतृत्वको टोली पुगेको र कार्यपालिका सदस्य कलवारलाई नियन्त्रणमा लिएको थियो । प्रनि केसीले सोधपूछका लागि कार्यपालिका सदस्यलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, पर्सा पठाएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस