भरुवा बन्दुकसहित दुईजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, २० चैत/
भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय, रौतहटले दुईजना पक्राउ गरेको जनाएको छ । चन्द्रपुर नगरपालिका–१ पौराईबाट मङ्गलवार दिउँसो स्थानीय शेरब सिंहको घरबाट भरुवा बन्दुक बरामद भएको मधेस प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरजङ्ग थापाले बताए ।

सिंहको घरमा बहिनी ज्वाइँ पर्ने धर्मजीत स्याङ्तान बस्दै आएको र सो घरको भकारीमा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक बरामद भएको प्रनि थापाले बताए ।

उनले भरुवा बन्दुक बरामद भएपछि स्याङ्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस