• कुमारबन्धु रुपाखेती

भाग्यमानी नेपाल र नेपालीहरूले थरीथरीका सरकार देखे, भोगे । राणा शासनकालमा जहानियाँ राणा सरकार, राजा महेन्द्रको पञ्चायती सरकार र बहुदलेहरूको नेपाल सरकार । यसबाहेक पनि नेपालमा केही अदृश्य सरकार पनि चलायमान छन् । जस्तै अचेल भारत सरकारको चाहनामा बन्ने सरकारलाई विदेशी प्रभुको सरकार र केहीलाई चीनमुखी सरकारको आरो समेत लाग्ने गरेको छ । त्यतिमात्र कहाँ हो र ? आजकल त रवि लामिछानेहरूमा अमेरीकी भूत सवार देखिनाले अमेरिकी सरकार पनि भनिन्छ ।

तर जसले जेसुकै फलाके पनि मुलुकमा अहिले मिलीजुली सरकार छ । राणा सरकार त जहानियाँ शासन भनेर बदनाम थियो । भारदार र दरबारमुखी भनेर पञ्चायती व्यवस्था बदनाम थियो । नेपाल सरकारमाथि त नजाने कुन कुन किसिमका आरोप छन्, यिनका सरकारलाई कहिले भारतमुखी भनिन्छ, कहिले विदेशी प्रभु सरकारको आरोप लाग्छ त कहिले चीनमुखी र अहिले अमेरिकी प्रतिनिधिमुखी सरकार भनिन्छ । वर्तमान मिलिजुली सरकारमा नेपालीमुखीबाहेक सबै छिमेकी, विदेशीहरूको मिलिजुली सरकार छ क्यारे ?

राजा महेन्द्रको ‘सन्तान थरीथरीका झैं सरकार थरीथरीका’ नेपालमा हाबी छ । भिन्नभिन्न मति र नीतिको मिलिजुली सरकारले मुलुुकको भन्दा अन्यत्र अर्थात् विदेशी रिमोट अनुसार उनीहरूको हितमा सञ्चालन हुने गर्छ । पाठकवृन्दलाई थाहै होला करीबकरीब दुई दशक अघि ‘पिस्टलके दम पर सिस्टम हिला देगें’ भन्ने माओवादी र भूमिगत मधेसवादीहरूका आतङ्क कस्तो डरलाग्दो थियो । अब अहिले हेर्नुुुस् ‘चोरचोर मौसेरा भाइ’ बनेर यिनीहरू सत्ताको लुँछाचुँडीमा स्यालझैं ¥याल चुहाउँदै छन् । त्यसैले त गर्छिन पुकार आमा रोइकराइ जोडले होइन मेरो भन्छिन् सन्तान थरीथरीका, सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका । देश सम्हाल्न नसक्दा राणा र राजा ढले । एकलौटी सरकार चलाउन नसक्ने राणा र राजाभन्दा त प्रचण्ड काबलियतवाला देखिएका छन् । क्याबात १ स्यावास प्रचण्डजी, तपाईंले त एकलौटी मात्र होइन, आफ्नो मन्त्रिमण्डलमा चीन, भारत र अमेरिकीमुखीहरूलाई गोठालो बनाएर हिंड्नुभएको छ ?

नेपालमुखीहरूलाई सरकारमा भिœयाए त राणा र राजा जस्तै बेहाल भइन्छ भन्ने चेतना हाम्रा कमरेड प्रधानमन्त्रीलाई छ । यता प्रचण्डको यो हालत छ, उता ओलीको बुलेटवाला बोली रबरको गोलीमा परिणत भएको छ भने भाग पाइने आशामा माधव नेपाल दहीच्युरे बाहुन साबित हुँदै गएका छन् । भाग खोसिएपछि तेतराहा बोल्ने देउवाको बकार बन्द छ ।

झर्ला र खाउँला भन्दै छोटे मधेसवादी दलहरू कुर्ता–पैजामा र गम्छासहित बालुवाटार, सिंहदरबार चहारिरहन्छन् । बाबुराम अन्टसन्ट फतफताइरहन्छन् । यस्तै अस्तित्वविहीन आचरणहरूले गर्दा विदेशीहरूले नेपालमा मिलिजुली पार्टनरहरूको सरकार बनाएका छन् ।

स्वदेशी नेपालीहरूको होइन, विदेशीहरूको मिलिजुली सरकार छ, नेपालमा । यसपछि अब ककसको पार्टनरशिपमा नयाँ सरकारको उदय हुने हो, प्रतीक्षा गरौ । सबैमा नयाँ वर्ष–२०८१ को हार्दिक मङ्गलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here