धर्मेन्द्र चौरसिया, पोखरिया, १९ चैत/
पोखरिया नगरपालिकाका सामुदायिक विद्यालयहरूमा छात्राको सङ्ख्या बढी छ भने संस्थागत विद्यालयमा छात्रको सङ्ख्या बढी छ । पोखरिया नपा शिक्ष्Fा शाखा प्रमुख विजय झाले पोखरिया नपामा २३ वटा संस्थागत विद्यालय, दुईवटा मदर्सा र छवटा संस्थागत विद्यालय रहेको बताए ।

२३ वटा सामुदायिक र दुईवटा मदर्सामा गरी छात्रा सङ्ख्या चार हजार ८५९ र छात्र सङ्ख्या चार हजार ६११ रहेको उनले जानकारी गराएका छन् । सामुदायिक विद्यालयमा ५६ प्रतिशत छात्रा र ४४ प्रतिशत छात्र रहेको उनले बताए ।

पोनपामा छवटा संस्थागत विद्यालयहरू दर्ता रहेका र त्यसमा छात्र सङ्ख्या ५७३ र छात्रा सङ्ख्या ३२७ रहेको उनले बताए । प्रतिशतको हिसाबले संस्थागत विद्यालयमा ६७ प्रतिशत छात्र र ३३ प्रतिशत छात्रा रहेको उनले जानकारी गराएका छन् । सामुदायिक विद्यालयहरूमा छात्रा सङ्ख्या बढी हुनुको कारण अधिकांश अभिभावकले छात्रलाई संस्थागत विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउने र छात्राहरूलाई सामुदायिक विद्यालयमा नेपाली माध्यमबाट अध्ययन गराएको देखिन्छ ।

छात्राहरू बिहे गरेर जाने हुँदा उनीहरूलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउने तर छात्रहरूले घरजम गर्नुपर्ने हुँदा उनीहरूलाई संस्थागत विद्यालयमा अध्ययन गराएर तुलनात्मकरूपमा अगाडि बढाउने यहाँका अभिभावकहरू मनसाय देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here