प्रस, निजगढ, १९ चैत/
वन संरक्षण र संवद्र्धनका लागि दुुई दिने वन व्यवस्थापन स्थलगत अभ्यास तालीम सोमवार सम्पन्न भएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुुख विनोद सिंहले वन ऐन, कानूनको अधीनमा रही वन संरक्षण गर्दै सामुुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनाका आधारमा वनको संरक्षण, संवद्र्धनलगायतका कार्य गर्न आग्रह गरे । उनले सुुक्खायाम भएकोले वनमा डढेलो लाग्न नदिने गरी सक्रिय रहन वन समूहका पदाधिकारीहरूलाई आग्रह गरे । उनले वन्यजन्तुुको चोरी शिकारी नियन्त्रणमा सचेत र सजग रहनुुपर्ने बताए । उनले पछिल्लो समय विश्व संरक्षित वन्यजन्तुु पाटेबाघ र मानवबीच द्वन्द्व बढेको पाइएको र यस कारण अप्रत्याशितरूपमा बाघ मरेको उनले बताए । वन्यजन्तुुको संरक्षण गर्नुपर्ने दायित्व पनि मानवहरूकै भएकोले संरक्षणमा जिम्मेवारीका साथ वन संरक्षणकर्मी, अभियन्ता, वन समूहका पदाधिकारीहरू लाग्नुुपर्ने उनले सुझाए ।

कार्यक्रममा फेकोफन बाराका अध्यक्ष रामजीप्रसाद बजगाईं, वडाध्यक्ष मङ्गल लोप्चन, स्वर्ण लामा, कार्यवाहक अध्यक्ष पुुष्कल खड्काले वनजङ्गलको संरक्षण, संवद्र्धन गर्न सामुुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ताहरू सक्रिय रहँदै आएकाले बाराको निजगढ नगर क्षेत्रका सामुदायिक वनमा हरियाली बढेको बताए । उनीहरूले झन्झटिला ऐन, कानून परिमार्जन गरी वन क्षेत्रको संरक्षण र विकासमा आम उपभोक्तालाई आफ्नै वनजङ्गल हो भन्ने अनुुभूति राज्यले दिलाउन सक्नुुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक वन व्यवस्थापनका क्रियाकलापहरूलाई आवश्यक पर्ने कार्यको अभ्यास, प्राविधिक ज्ञान, सीप, वन संवद्र्धन आधारित व्यवस्थापन कार्य अग्निरेखा निर्माण, झाडी सफाइ, गोडमेल, थिनिङ, एक्याउने, पत्लाउने, नियन्त्रित फायरलाइन निर्माण, वन संवद्र्धन प्रणालीका विषय, वन ऐन, कानूनबारे जानकारी, वन डढेलो नियन्त्रण, चोरी शिकारी नियन्त्रणलगायतका विषयवस्तुुको बारे जानकारी दिंदै अभ्याससमेत गरिएको निजगढ सबडिभिजन वन कार्यालय भमराका रेन्जर नीरज पोखरेलले जानकारी गराए ।

कार्यक्रममा वन अधिकृत नीरज साह, सञ्जयकुुमार चौधरी, रघुुनाथ दास, रेन्जर नीरज पोखरेलले सहजीकरण गरेका थिए । निजगढ सबडिभिजन वन कार्यालय भमराले आयोजना गरेको अभ्यासमा सबडिभिजन मातहतमा पर्ने सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, कर्मचारीहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here