बलिराम शुक्ला, बिरूवागुठी, १८ चैत/
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले कक्ष्Fा १२ अध्ययन पूरा गर्नासाथै युवा विद्यार्थीहरू युरोपेली मुलुक जाने क्रम बढेको बताएका छन् । पर्सागढी नपाले आयोजना गरेको सुरक्ष्Fित आप्रवासन (सामे) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार विषयमा जनप्रतिनिधिहरूसँगको अन्तत्र्रिmया कार्यक्रममा उनले कक्ष्Fा १२ उत्तीर्ण गर्ने युवा विद्यार्थीहरू बाहिरिने क्रमले गर्दा देशमा युवा दक्ष जनशक्तिको अभाव सिर्जना भएको बताए ।
उनले विदेशिने युवा विद्यार्थीहरूले सीप सिकेर श्रम स्वीकृति लिई कानूनी बाटोबाट जानुपर्नेमा त्यसो नगर्दा विदेशमा गएर दुःख पाउने क्रम पनि बढेको बताए । उनले यसबाट उन्मुक्तिका लागि विदेश जानैपर्ने युवा विद्यार्थीहरूले कानूनी बाटो अवलम्बन गर्नुपर्ने सुझाव दिए ।
प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले देशमा रहेका युवा जनशक्तिलाई पर्याप्त रोजगार दिन नसक्दा विदेशिने क्रम बढेको बताए । उनले विदेशिने विद्यार्थीहरूले सुरक्ष्Fित, मर्यादित र शोषणरहित उपलब्धिमूलक तरीकाले जानुपर्ने बताए । बिचौलियाको माध्यमबाट कानूनविपरीत विदेशिनेहरू विदेशमा दुःख पाइरहेका र फर्कन समस्या भएकोतर्पm उनले ध्यानाकर्षण गराए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम पर्साका संयोजक रामाशङ्कर कुशवाहाले जिल्लाका चारवटा पालिका वीरगंज महानगर, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी र ठोरी गाउँपालिकामा कार्यक्रम आयोजना गरेर वैदेशिक रोजगारमा जानेहरूलाई सचेत बनाउँदै अFएको बताए । उनले वैदेशिक रोजगारमा जाने र आउने दुवैलाई यो कार्यक्रमले सूचना, न्यायमा पहुँच, सामाजिक परामर्श, वित्तीय साक्षरता र विभिन्न सीपमूलक तालीम दिने गरेको जानकारी गराए ।
कार्यक्रममा उपप्रमुख पूजा चौधरी, वडाध्यक्षहरू राजकुमार खवास, वीरेन्द्र महतो, सुकमान तामाङ, शेख खुर्सेद, नवलकिशोर साहलगायतको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूलाई शिवचन्द्र गौरोले प्रशिक्षण दिएको पर्सागढी वैदेशिक रोजगार शाखा प्रमुख चन्द्रकिशोर चौधरीले बताए ।