प्रस, रौतहट, १८ चैत/
गरुडा नगरपालिका–५ का रामजी पडितको हत्यारालाई कारबाईको माग गर्दै आइतवार गौरमा पीडित परिवारले प्रदर्शन गरेका छन् ।

गरुडा नगरपालिकाका नगरप्रमुख प्रत्याशी दीपककुमार यादवको नेतृत्वमा गौरको बिपी चोकबाट शुरू भएको जुलूसले ‘ज्यान मार्ने मुद्दा दर्ता गर’, ‘निष्पक्ष छानबीन गर’, ‘हत्यारालाई कारबाई गर’, ‘न्याय नपाउने जिल्ला रौतहट हो’ लगायतका नारा लगाएर नगरपरिक्रमा गरेको थियो ।

गत फागुन १७ गते दिपही खेसरहियाको बाटोमा मुखमा चोट लागेको अवस्थामा पडितको शव भेटिएको थियो । पडितकी पत्नी अनीता देवीका अनुसार इलाका प्रहरी कार्यालय, गरुडाले जाहेरी दर्ता नगरेको आरोप लगाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here