• कुमार रुपाखेती

भारतमा अहिले लोकसभा निर्वाचनको गर्मागर्मी छ । अपराधी र अभिनेताहरूमा समेत राजनेता बन्ने चाहना पलाएको छ । विगतझैं थुप्रै अभिनेता र बाहुबलीलाई दलहरूले टिकट दिएर चुनावी मैदानमा उतारेका छन् । स्व इन्दिरा गाँधीको पालादेखि बाहुबली र फिल्मी हस्तीहरू भारतीय राजनीतिको केन्द्रमा देखिन थालेका हुन् । निर्वाचनका बेला भारतमा खादी (खद्दर)को लुगाको पनि राम्रो व्यापार हुन्छ । खादीको कुर्ता, पैजामा, गम्छा, टोपी आदिको अत्यधिक बिक्री हुने भएकोले अहिले भारतीय शहर बजार र पूmटपाथमा समेत खादीका रेडिमेड कुर्ता, पैजामा, गाँधी टोपीको बिक्री ह्वात्तै बढेको देखिन्छ । चुनाव घोषणा भएपछि मतगणनासम्म त्यहाँ खादीका पोशाकहरू धडल्लेका साथ बिक्ने गर्छ । खादीको कुर्ता, पैजामा, गम्छा र गाँधीटोपीमा सजिएर हिंड्नेलाई उतातिर नेता भनिन्छ, यता नेता ठानिन्छ । अहिले खादीका वस्त्र निर्माण गर्ने बुनकर र दर्जीहरूलाई भ्याइनभ्याइ छ । भाजपाईंहरूको रोजाइँ भने गेरुवा रङ र केसरी रड्ढो खादीको कुर्तापैजामा, गम्छा, बङ्डी (हाफकोट, इस्टकोट) हो र भाजपाईहरूलाई गाँधी टोपीदेखि परहेज छ । खादी मात्र होइन भारतमा निर्वाचनलाई गालीगलौजको मौसमसमेत ठानिन्छ । दो टुक भन्दै एकअर्कालाई तथानाम आरोप लगाउनु, अपशब्द प्रयोग गर्नु, धारे हात लगाउनु भारतीय राजनीति र निर्वाचनको प्रमुख हतियार हो ।

मोदी समूहले ‘अबकी बार चार सौ पार’ को नारा लगाएको छ भने काङ्ग्रेसले– ‘अबकी बार भाजपा तडी पार’ भन्ने नारा बुलन्द गरेर मतदातालाई विश्वास दिलाउन खोजेको देखिन्छ । तर चार सय पार भन्नेहरूले कतै फिल्मी सहारा लिएका छन्, कतै डनहरूलाई भिœयाएका छन् ।

‘गोविन्दा आला रे’ भन्दै फिल्मी हिरो गोविन्दासमेत ताल ठोक्दै चुनावी मैदानमा उपस्थित देखिन्छन् । हिन्दी सिनेजगत्की बिगडैल बोलीवाली भनिने हिरोइन कङ्गना रणावतलाई समेत भाजपाले उम्मेदवार बनाएको छ । मोदी समूहले ‘अबकी बार चार सौ पार’को नारा लगाएको छ भने काङ्ग्रेसले– ‘अबकी बार भाजपा तडी पार’ भन्ने नारा बुलन्द गरेर मतदातालाई विश्वास दिलाउन खोजेको देखिन्छ । तर चार सय पार भन्नेहरूले कतै फिल्मी सहारा लिएका छन्, कतै डनहरूलाई भिœयाएका छन् र कतैकतै विपक्षी मुख्यमन्त्रीहरूलाई जेल पु¥याएका छन् भने कतिपयलाई शक्तिको त्रास देखाएर भगुवाधारी बन्न विवश पारेको देखिन्छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मामिलामा अमेरिकाले सख्त विरोध जनाउँदै ‘चुनावी र विधिको प्रक्रियामा दखल नदेऊ’ भन्दै भारतलाई चेताएको छ । अमेरिकालगायत युरोपेली मुलुकहरूले भारतमा निकट भविष्यमा हुन गइरहेको निर्वाचनलाई रूसका पुटिन, बङ्गलादेश र पाकिस्तानको निर्वाचनसँग दाज्न थालेका छन् । स्मरणीय छ, अमेरिका आदि देशहरूले बङ्गलादेश, पाकिस्तान र पुटिनको निर्वाचनलाई एकलौटी र तानाशाही निर्वाचन भन्दै आएका छन् ।

‘सस्ता रोए बार–बार, महँगा रोए एक बार’ भन्दै काङ्ग्रेसले मत माग्दैछ भने भारतका सचेत मतदाताहरूको चाहनामा बलियो प्रतिपक्ष बन्न थालेको छ । सरसर्ती हेर्दा सत्तारूढ भाजपाले विपक्षीहरूमाथि बढीचढी अत्याचार र ज्यादती गर्न थालेको आभास हुन थालेपछि बलियो प्रतिपक्षको वातावरण बन्दै गएको देखिन्छ । विपक्षी मुन्ना बजरङ्गी र मुख्तार अन्सारीको सन्देहात्मक मृत्युलेसमेत भारतीय राजनीतिक चहलपहलमा प्रभाव पारेको देखिन्छ । जसले जे आरोप लगाए पनि मोदीहरू चिरञ्जीवी भव, आयुष्मान् भवःको आशीर्वाद थाप्न आतुर देखिन्छन् ।

भारतीय इतिहासमैं डेढ महीना लम्बाचौडा यो निर्वाचनलाई विश्वले शङ्काको दृष्टिले हेर्दैछ । भारतीय न्युज च्यानल र केन्द्रीय सरकार अधीनका प्रशासनिक निकायहरू एकोहोरो र नोकरशाहीमा परिणत भएका छन् । चुनावी विज्ञापन र खर्चमा भाजपा अब्बल देखिएको छ । खाता रोक्का गरिएको भन्दै काङ्ग्रेसको चुनावी विज्ञापन पातलिएको बुझिन्छ । काङ्ग्रेसलाई मटियामेट गर्न भाजपाले थुप्रै प्रान्तमा क्षेत्रीय दलहरूलाई उचालेको देखिन्छ । तर भारतीय चुनावी विश्लेषकहरूका अनुसार भाजपाले जतिकै उठापटक गरे पनि यसपालि चाहे जति कमल खिलाउन सक्दैन रे । अन्त्यमा भाजपाको बलियो टक्कर काङ्ग्रेससित नै हुन्छ रे । जे होस् उम्मेदवारहरू लङ्गौटी कसेर आआप्mनो क्ष्Fेत्रमा उपस्थित भई ताल ठोक्न थालिसकेका छन् ।

इब्तिदा–ए–इश्क है रोता है क्या
आगे आगे देखिए होता है क्या ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here