प्रस, वीरगंज, १६ चैत/
ब्लू डायमन्ड सोसाइटीकी निर्देशिका मनीषा ढकालले शिक्षित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रोजगारबाट वञ्चित गरिएकै कारण यौन व्यवसायमा लागेको बताएकी छन् ।

आउट राइट इन्टरनेशनलको सहयोगमा सहयात्री समाज पर्साद्वारा संयोजन गरिएको र ब्लू डायमन्ड सोसाइटीले शुक्रवार वीरगंजमा आयोजना गरेको प्रहरीसँगको अन्तत्र्रिmया कार्यक्रममा उनले आपूmले एमएसम्मको अध्ययन गरेको तर सरकारी नोकरीबाट वञ्चित भएको बताइन् । आपूmजस्तै यो क्ष्Fेत्रमा शिक्षितहरू रोजगारबाट वञ्चित भएका कारण उनीहरूले यौन व्यवसाय रोज्न बाध्य भएको बताइन् ।

निर्देशिका ढकालले घरपरिवारबाट हेला, शिक्ष्Fामा विभेद, रोजगार नपाउने अवस्थाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू यौन व्यवसायमा संलग्न हुने गरेको बताइन् । उनले नेपालमा एक अध्ययन अनुसार ८१ प्रतिशत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू हिंसाको शिकार हुँदै आएका बताइन् । नेपालमा करीब पाँच लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेका तर उनीहरूले अहिले पनि खुलेर आप्mनो पहिचान बताउन नसकेका कारण २०७८ सालको जनगणनामा यो समुदायको सङ्ख्या थोरै देखिएको बताइन् ।

जनसङ्ख्याको आधारमा पनि मधेस प्रदेशमा ७२९ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आप्mनो पहिचान जनाएको र यो नै सबैभन्दा ठूलो सङ्ख्या रहेको बताइन् । उनले नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हकमा धेरै कानून बनाएको र यो कानून सार्क र एशियाका अरू देशहरूमा सर्वोत्कृष्ट रहेको दाबी गरिन् । तर कानून कार्यान्वयनमा नआउँदा समस्या भोग्नुपरेको उनको बुझाइ थियो ।

अहिले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई नागरिकता लिनको लागि दुई वर्ष समयावधि लाग्ने गरेको र यो क्रममा लिङ्ग परिवर्तन, चिकित्सकको सिफारिशलगायत झमेला विद्यमान रहेको बताइन् । ढकालले प्रहरीले यो समुदायलाई न्याय दिन नसकेको कारण उनीहरूलाई यसबारेमा जानकारी गराउन खोजिएको बताइन् । पीडितहरूको उजूरी नलिने, उनीहरूलाई नानाथरीका भाषा प्रयोग गर्ने गरिएको भन्दै यसमा सुधारको आवश्यकता औंल्याइन् । उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई पनि प्रहरीलगायत समाजसँग सभ्य भाषा प्रयोग गर्न आग्रह गरिन् ।

मानव अधिकारकर्मी भूमिका श्रेष्ठले तराईमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू सबैभन्दा बढी पीडित हुने गरेको र उनीहरूलाई विभिन्न किसिमबाट प्रताडित गर्ने काम भएको बताइन् । समाज र घरबाट यो समुदायलाई सहयोग नभएको कारण खुलेर आउन नसकेको उनले बताइन् । अहिले पनि छक्का, नचनिया, हिजडा, नपुंसकजस्ता शब्द प्रयोग गरेर गिज्याउने काम भएको भन्दै यसमा सुधार आवश्यक भएको बताइन् । उनले महिला, पुरुष, समलिङ्गी, द्वयलिङ्गी र तेस्रोलिङ्गीबारेमा सहभागी प्रहरीलाई जानकारी गराइन् । उनले तेस्रोलिङ्गी जन्मजात गुण भएको र यसलाई समाजले स्वीकार्नुपर्ने बताइन् । उनले कुटपिट मात्र यातना नभएको भन्दै तेस्रFेलिङ्गीहरू मानसिक यातनाबाट पीडित हुने गरेको बताइन् । समाजले छिःछि– दूरदूर गर्ने, विद्यालयमा अध्ययन गर्न नदिनेजस्ता पीडाहरू भोग्नुपरेको वृतान्त सुनाइन् ।

स्थानीय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमध्येका सञ्जु र ममताले प्रहरीले आप्mनो पीडित समुदायको हकमा न्याय नगरेको आरोप लगाए । उनीहरूले नाचगानमा सहभागी हुँदा पारिश्रमिक नदिने, अश्लील व्यवहार र शब्द प्रयोग गर्ने र सोविरुद्ध स्थानीय प्रहरीमा उजूरी गर्दा प्रहरीले बेवास्ता गर्ने गरेको बताइन् । ग्रामीण भेगमा यस किसिमको समस्या भोग्दै आएको र यसको निदान इलाका, वडा र जिल्लामा भने नभएको बताइन् । सबै तहका प्रहरीले आपूmहरूमाथि हुने दुव्र्यवहारविरुद्ध महिला, पुरुषसरह कारबाई गर्नुपर्ने जिकिर गरे ।

सहयात्री समाज पर्साका अध्यक्ष सुरज लिम्बुले पर्सा जिल्लामा घोषितरूपमा ५०० र अघोषितरूपमा पाँच हजार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको बताए । उनले पर्सा जिल्लामा १२०० एचआइभी सङ्क्रमितमध्ये १५० यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको जानकारी गराए । चालू आवको छ महीनामा ३० जना नयाँ सङ्क्रमित फेला परेको उनले बताए ।
सहभागी प्रहरीहरूले प्रहरी चौकीहरूबाट न्याय नपाउनेहरूले सोभन्दा उपल्लो तहबाट न्याय माग्न सुझाव दिए । प्रहरीले अन्याय नै गर्छ भन्ने सोच नराखी न्यायको लागि माथिल्लो तहमा पहुँच बढाउन पनि सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here