• बैद्यनाथ श्रमजीवी
गएको शनिवार २३ मार्च संसारभरि अन्तर्राष्ट्रिय नास्तिक दिवस मनाइयो । पोहोर भौतिकवादी समाज नेपालको आयोजनामा वीरगंजमा प्रथम राष्ट्रिय भौतिकवादी दिवस चैत १० गते मनाएर शुरूआत भयो । यस वर्ष काठमाडौंको अनामनगर, सुनसरीको धरान, बारा–पर्साको वीरगंज, धनुषाको जनकपुर, चितवनको नारायणगढ तथा माडीमा भौतिकवादी समाज नेपालको ब्यानरमा दिवस भव्यरूपमा मनाइए पनि सञ्चार माध्यमहरूमा खास्सै स्थान पाएको देखिएन । यसो हुनुको मुख्य कारण हाम्रो समाजमा नास्तिकताप्रतिको नकारात्मक मनोविज्ञानले गर्दा पनि हो । हाम्रो समाजमा कोही नास्तिक देखिन चाहँदैन । यसको मुख्य कारण नास्तिक हुनु गाह्रो भएर पनि हो जबकि आस्तिक हुनु एकदमै सजिलो छ । तपाईंले दिनभरिमा कति चोटी झूटो बोल्नुभयो, कति मानिसलाई ठग्नुभयो, कति बेइमानी गर्नुभयो आदि कुराको कुनै अर्थ छैन । तपाईंले बिहान बेलुका पूजा गर्नुभयो, मन्दिर जानुभयो वा कुनै धार्मिक अनुष्ठान गर्नुभयो वा तीर्थाटन गर्नुभयो, गङ्गास्नान गर्नुभयो भने तपाईंंले गरेका सबै पाप नाश भयो र तपाईं स्वर्गलोकको हकदार हुनुभयो । यति सजिलो काम कसले गर्न चाहँदैन ? त्यसैले यहाँ सबै मानिस आस्तिक बन्न रुचाउँछन् ।

ठीक उल्टो नास्तिक, अझै भौतिकवादी बन्न निकै कठिन छ । सबभन्दा पहिले घरपरिवारले समर्थन दिंदैन । छरछिमेक, गाउँ–समाज, नातागोता, साथीभाई सबैतिरबाट तिरस्कार र अपमान सहनुपर्छ । अन्धविश्वासबाट मुक्त हुनुको साथै रूढिवादिता परित्याग गर्नुपर्छ । यसको मतलब धर्मद्वारा सृजित सबै संस्कार तथा चाडपर्व मनाउन छोड्नुपर्नेछ । यो काम भने वा लेखेजस्तो सजिलो छैन । अनि कठिन भएन त नास्तिक जीवन यात्रा ? नेपालमा बाबुको मृत्युपश्चात् धार्मिक कर्मकाण्ड नगर्नेहरूमध्ये एक विश्वेश्वरप्रसाद कोइराला पनि हुन् तर उनकै पार्टी नेपाली काङ्ग्रेसले यसलाई पछ्याउन सकेन । अनेकौं नामधारी कम्युनिस्ट पार्टीहरू छन् जसका नेता र कार्यकर्ता पूर्णरूपेण धार्मिक कर्मकाण्डमा लिप्त भेटिन्छन् । लाग्दछ नेपालका कम्युनिस्ट पार्टीहरूले छुट्टाछुट्टै माक्र्सवादको विकास गरेका छन् जस अन्तर्गत आदर्शवादी विचार र व्यवहार राख्न सबैलाई छुट छ । नेपालको कम्युनिस्ट पार्टी घरीघरी सत्तारूढ हुन्छ र त्यति बेला मन्दिर बनाउनु, पशुपतिमा सुनको जलहरी व्यवस्थापन गर्नु, मन्त्रीपद ग्रहण गर्न साइत हेर्नु, कालो बोको चढाएर शुभ साइत बनाउनु जस्ता अध्यात्मवादी काम गर्न साह्रै मन पर्छ । यिनका विचार र व्यवहारको स्तरमा देखिएको यस्तै दोधारे, अवसरवादी तथा पदलोलुप प्रवृत्तिले नेपाली समाजमा आदर्शवाद अझैसम्म जरो गाड्न सफल भएको छ ।

नास्तिक दिवस सन् २००३ देखि हरेक वर्ष २३ मार्चमा मनाइँदै आएको छ । नास्तिक दिवसको उत्पत्ति २००३ मा इन्टरनेटमा प्रकाशित एउटा स्पूफ कथाबाट भएको हो । यो कथा एकजना नास्तिकबारे थियो जसले छुट्टीका लागि सरकारमाथि मुद्दा हाल्ने निर्णय गरे ।

नास्तिक दिवस भगवान्मा विश्वास नगर्नेहरूका लागि उत्सवजस्तै हो । त्यसैले यो प्रकृति, मानव समाज र विज्ञानमा विश्वास गर्दै रूढीवाद र अन्धविश्वास मुक्त समाज निर्माण गर्न अगाडि बढेका अभियन्ताहरूले विश्वभर नास्तिक र भौतिकवादीहरूको अधिकारबारे चेतना जगाउन अगाडि बढ्ने अठोट पनि गर्दछन् । आज संसारमा व्याप्त विश्वास–अन्धविश्वास, अज्ञान–ज्ञान र विशिष्टताको विज्ञानबीच विविधताको कदर गर्दै विज्ञानको बाटोमा एक पाइला अगाडि बढाउने दिन हो ।

यो संसार परिवर्तनशील छ । १३.८ अर्ब वर्षको हाम्रो ब्रह्माण्डको इतिहासमा पृथ्वी बनेको जम्मा चार अर्ब वर्ष मात्रै भएको छ । यो पृथ्वीको चार अर्ब वर्षको इतिहासमा हामी होमोसेपियन्स आएको तीन लाख वर्ष मात्रै भएको हो । तीन लाख वर्षको मानव इतिहासमा दिमागको रचनात्मक काममा प्रयोग गर्ने क्ष्Fमता विकसित भएको सत्तरी हजार वर्ष मात्रै हो । यसरी दस हजार वर्ष पहिले हामीले कृषिकर्म गर्न जान्यौं र लगभग आठ हजार वर्षदेखि जीवन र जगत्लाई बुझ्न, व्याख्या गर्न तथा आपूm अनुकूल परिवर्तन गर्न शुरू गरेका हौँ । यसै अवधिमा हामीले ईश्वर, भूतप्रेत, भाग्य, पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नर्क, तन्त्रमन्त्र, धर्म, धर्मग्रन्थ, धार्मिक कर्मकाण्ड, धार्मिक चाडपर्व, धार्मिक संस्कृति आदि निर्माण गरेका हौं । आस्तिक विचारसँगै समाजमा नास्तिक विचार पनि आएको हो । मानव इतिहासको यो कालखण्डमा सबैतिर प्रकृतिलाई बुझ्ने सही ज्ञानको अभावमा अध्यात्मवादको विकास हैकम र त्रूmर सत्ता मज्जाले हुर्कियो । तर मानवको ज्ञान व्यवहारमा आएको निरन्तर प्रयोग र अनुसन्धानले गर्दा प्रकृतिको रहस्य तथा प्रकोपका नियमहरू बिस्तारै मानिसले बुझ्न थाल्यो । फलस्वरूप समाजमा कायम अन्धविश्वास कमजोर हुन थाल्यो । युरोपमा विज्ञानको कुरा गर्दा पोपद्वारा मारिनु पर्ने अवस्था अहिले कतै छैन । यति बेला धर्मको ध्वजा त्यहाँ बढी फर्पmराउँछ जहाँ अशिक्षा र गरीबीको बोलबाला छ । यति बेला संसारमा थुप्रै यस्ता देश छन् जहाँ बहुसङ्ख्यक जनताले कुनै धर्म मान्दैन । सन् २०२४ को विश्व जनसङ्ख्या रिभ्यु अनुसार नास्तिकहरूको जनसङ्ख्या यस प्रकार छ :–

चीनमा ९१५, जापानमा ८६५, स्वीडेनमा ७८५, चेक गणतन्त्रमा ७५५, बेलायतमा ७२५, बेल्जियममा ७२५, इस्टोनियामा ७२५, अस्ट्रेलियामा ७०५, नर्वेमा ७०५, डेनमार्कमा ६८५, भियतनाममा ६७५, जर्मनीमा ६६५, हड्ढङमा ६५५, द.कोरियामा ६५५, अजरबैजानमा ६४५, स्पेनमा ६३५, क्यानडामा ६३५, फिनल्यान्डमा ६२५, लाट्भियामा ६२५, इजरायलमा ६१५, आयरल्यान्डमा ६०५ २२. अस्ट्रियामा ५९५, स्लोभाकियामा ५९५, फ्रान्समा ५५५, आइसल्यान्डमा ५४५, लिथुनियामा ५२५, बुल्गेरियामा ५०५, युक्रेनमा ४६५, अल्बानियामा ४४५, अमेरिकामा ४३५, इनडोनेशियामा ४२५, पोर्चुगलमा ४१५ र रूसमा ३९५ जना छन् । त्यसैगरी प्यालेस्टिनमा २९५, मेक्सिकोमा ३८५, इराकमा ३६५, इटालीमा ३१५, पेरूमा २९५, लेबनानमा २९५, मङ्गोलियामा २१५, ग्रीकमा २७५, टर्कीमा २६५, सर्बियामा २५५, बोस्नियामा २४५, इरानमा २३५, अर्जेन्टिनामा २२५, इक्युडोरमा २२५, कंगोमा २१५, बङ्गलादेशमा २०५, ब्रजीलमा १८५, पोल्यान्डमा १८५, कोलम्बियामा १६५, पनामामा १६५, पाराग्वेमा १३५, रोमानियामा ११५, फिलिपिन्समा १०५, फिजीमा ८५, पाकिस्तानमा ७५, अर्मेनियामा ७५, पपुवान्युगिनीमा ६५, घानामा ६५, आइभरीकोस्टमा ६५, भारतमा ६५, नाइजेरियामा ३५ तथा थाइल्यान्डमा २५ जना छन् ।

पश्चिमी समाजमा नास्तिक र भौतिकवादीको अर्थ लगभग एउटै भएपनि पूर्वीय समाजमा नास्तिक र भौतिकवादी फरक रहेको देखिन्छ । साँच्चै भन्नुपर्दा सबै भौतिकवादी नास्तिक हुन्छन्, तर सबै नास्तिक भौतिकवादी नहुन सक्छन्, खासगरी भारतीय उपमहाद्वीपमा । अन्तर्राष्ट्रियरूपमा भौतिकवादी र नास्तिक एउटै रहेको भए पनि पूर्वीय दर्शनमा वेद निन्दकहरूलाई समेत नास्तिकको रूपमा व्याख्या गरेको देखिन्छ । प्रागैतिहासिक कालमा मानवका लागि चुनौतीको रूपमा अनेकौं प्राकृतिक घटनाहरू थिए । तिनै प्रश्नहरूको जवाफ दिने क्रममा अज्ञानताको कारण एकथरी मानिसले अदृश्य शक्तिलाई पूजा गर्नेदेखि अनेकौं प्रकारका देवी, देवता तथा धर्मको व्यवस्थापन गरे । जुन पछिल्लो चरणमा अन्धविश्वास तथा रूढिवादी परम्परामा रूपान्तरण हुन पुग्यो । तर समयसमयमा यस्ता मनोगत कल्पनामाथि अविश्वास गर्ने र औंला ठड्याउने कामपनि केही मानिसद्वारा भइ नै रह्यो । पछिल्लो चरणमा आइपुग्दा यो मतभेद आस्तिक वा अध्यात्मवादी तथा भौतिकवादी विचारको रूपमा देखापरेको हो । अध्यात्मवादले जीवन र जगत्लाई ईश्वरले सृष्टि गरेको, उसैको इच्छा अनुसार संसार चल्ने मान्दछस भौतिकवादले जीवन र जगत्को आप्mनो छुट्टै नियम हुन्छ र त्यसै आधारमा यो चल्छ भनी बताउँदै आएको छ ।

भौतिकवादी विचार भनेको दर्शनशास्त्रको आधुनिक र वैज्ञानिक बाटो हो । भौतिकवादी दर्शन तत्वशास्त्रीय सिद्धान्त पनि हो । जडतत्व वा पदार्थलाई नै विश्व जगत्को मूल आधार मान्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । यसमा भौतिकताले प्राथमिकता पाएको हुन्छ । अर्थात भौतिकरूपमा देखिने, हेरिने र बुझिने जुन जगत् छ, त्यो नै वास्तविक विश्व हो भन्ने विचारलाई भौतिकवाद भनिन्छ । भौतिकवादी दर्शनले प्रमुख तत्व भनेर खास स्वरूपमा देखिने जडतत्वलाई मान्दछ । यही जडतत्वबाट हरेक वस्तुको सृष्टि र निर्माण भएको हो भन्ने विचार भौतिकवादी दर्शनको विशेषता हो । यसले भाग्यवाद, पूर्वजन्म – पुनर्जन्म, स्वर्ग– नर्क, जातिपाति, ईश्वरवाद जस्तो सम्पूर्ण विचारलाई खारेज गर्दछ ।

विश्व जगत्का सबै पदार्थको रूप भौतिक हुन्छ । अर्थात् संसारमा अभौतिक भन्ने कुनै वस्तु हुँदैन । भौतिकवादले चेतना, प्रत्यय वा अध्यात्मलाई पनि जडतत्वकै आधारबाट उत्पत्ति भएको मान्दछ । यस दर्शनले विकासको व्याख्या प्राकृतिक नियमहरूको क्रमिक विकासको पद्धतिबाट गर्दछ । यस अनुसार विश्वको निर्माण, विकास र पतन पनि प्राकृतिक नियमहरूबाट नै हुन्छ । कुनै अलौकिक र अदृश्य शक्तिको अस्तिŒवलाई भौतिकवादले अस्वीकार गर्दछ ।

वास्तवमा भौतिकवादले कुनै ईश्वर, परमात्मा, शक्ति र अलौकिक कुराको अस्तिŒवलाई मान्दैन । यो विश्वजगत् र ब्रह्माण्ड आफैंमा स्वतन्त्र छ र यसभन्दा पर अर्काे कुनै अतिरिक्त शक्ति छैन भन्ने कुरा भौतिकवादी दर्शनको निष्कर्ष हो । यस दर्शनलाई यथार्थवादी, विश्लेषणात्मक र वैज्ञानिक दर्शन पनि भनिन्छ । जडतत्व भनेको कुनै वस्तुविशेष नभई सबै वस्तुमा हुने सार्वभौम र सर्वव्यापी तत्वको एकाइ हो । सामान्यतया यसको ज्ञान इन्द्रियबाट हुन्छ तर यसको व्याख्या र विश्लेषण बौद्धिक र वैज्ञानिक तरीकाले मात्र गर्न सकिन्छ ।

यो एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको युग हो । यति बेला अन्धविश्वासी र रूढीवादी भएर बाँच्नु बिलकुल गलत हो । अहिले हामी कुनै पनि कुरा पारम्परिकरूपमा भइआएको भनेर स्वीकार गर्न सकिन्न, बरु तर्क गर्छाैं, प्रमाण खोज्छौं, तथ्यको आधारमा सत्य पत्ता लगाउँँछौं र प्रमाणित सत्यलाई नै सत्यको रूपमा अङ्गीकार गर्छाैं । हामी भौतिकवादीहरू विश्वासको भरमा कुनै कुरा मान्दैनौ, जसलाई हामी जान्न सक्दैनौ, त्यसलाई हामी मान्दैनौं । यति बेला प्रकृतिमैत्री र मानवतावादी भएर संसारभरिका मानिसले बाँच्न जरूरी छ । यसो हुनको लागि मानिस–मानिसबीचको तेरो–मेरो, सानो–ठूलो, छुत–अछूतजस्ता सबैखाले विभेद समाप्त हुनुपर्छ । अनि मात्रै मानिसहरू समान भएर बाँच्छन् । विज्ञानको यस युगमा मानिसहरू वैज्ञानिक चेतनाले प्रकृतिप्रेमी र मानव भई बाँच्नको लागि पनि भौतिकवादी समाज चाहिन्छ । त्यसैले आजको आवश्यकता हो – गरीबी तथा अशिक्षामा पिल्सिएको विभेदयुक्त समाज अब वैज्ञानिक चेतनाले भौतिकवादी समाजमा रूपान्तरण हुनुपर्छ ।

नेपाली समाजमा भौतिकवादी अथवा नास्तिक हुनुलाई साह्रै नराम्रो दृष्टिले हेरिने चलन पुरानै भए पनि अन्तर्राष्ट्रियरूपमा ठीक उल्टो अवस्था छ । खासगरी युरोपमा जति बजेट आस्तिक सङ्गठनहरूका लागि छुट्याइन्छ, त्यति नै नास्तिकहरूको लागि पनि छुट्याइन्छ । यस्तो हुनुको कारण संसारभरि नास्तिकहरूको अत्यन्तै तीव्र गतिका साथ भएको वृद्धि हो । जहाँसम्म नेपालको कुरा छ यहाँ जनगणना गर्दा अधार्मिक अर्थात नास्तिक वा भौतिकवादी भन्ने कलम नै राखिएको छैन जबकि नास्तिक र भौतिकवादीहरूको सङ्ख्यामा पछिल्लो चरणमा तीव्र वृद्धि भएको छ । त्यसैले अब गरिने जनगणनामा भौतिकवादी कलम राख्न अत्यन्त जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here