शिक्षित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रोजगारबाट वञ्चित गरिएकै कारण यौन व्यवसायमा
प्रस, वीरगंज, १६ चैत/ ब्लू डायमन्ड सोसाइटीकी निर्देशिका मनीषा ढकालले शिक्षित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू रोजगारबाट वञ्चित गरिएकै कारण यौन व्यवसायमा लागेको बताएकी छन् । आउट राइट इन्टरनेशनलको सहयोगमा सहयात्री समाज पर्साद्वारा संयोजन गरिएको र ब्लू डायमन्ड सोसाइटीले शुक्रवार वीरगंजमा आयोजना गरेको प्रहरीसँगको अन्तत्र्रिmया कार्यक्रममा उनले आपूmले एमएसम्मको अध्ययन गरेको तर सरकारी नोकरीबाट वञ्चित भएको […]
२०८० चैत १७ गते शनिवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
ट्राफिक चेकजाँचको कारण होलीमा दुर्घटना भएन
नितेश कर्ण, वीरगंज, १६ चैत/ जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले गत वर्षको तुलनामा चालू आवमा सवारी दुर्घटना र मानिसको मृत्यु सङ्ख्या बढ्न सक्ने देखिएको जनाएको छ । गत वर्ष ३५९ वटा सवारी दुर्घटना भएकामा ३९ जनाको मृत्यु भएको थियो भने चालू आवको फागुनसम्म ३२५ वटा सवारी दुर्घटना भएकामा ३३ जनाको मृत्यु भएको जानकारी गराएको छ […]
एसइईमा मुसहर समुदायका बालबालिकाको सहभागिता शून्यबराबर
प्रस, सेढवा, १६ चैत/ बिहीवारदेखि देशभरि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्सामा मुसहर समुदायका बालबालिकाहरूको सहभागिता एकदमै न्यून रहेको छ । दलित समुदायमा पर्ने चमार र दुसाद जातिका बालबालिकाहरूको सहभागिता रहे पनि मुसहर समुदायका बालबालिकाको भने एकदमै न्यून सहभागिता रहेको छ । जीराभवानी गाउँपालिकामा मुसहर समुदायका करीब तीन सय परिवारको बसोबास भएपनि सो समुदायका […]
नितनपुरमा प्रहरीमाथि आक्रमण गर्ने पाँचजना पक्राउ
प्रस, परवानीपुर, १६ चैत/ जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा प्रहरीमाथि आक्रमण गर्ने गिरोहमध्ये पाँचजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । गत चैत १३ गते मङ्गलवार नितनपुर गाउँमा डिजे बजाएर जीउभरि हिलो छ्यापेर नाचगान गरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि लाठी तथा मुक्का प्रहार गर्दै आक्रमण भएको थिए । होली बितेपछि पनि ठूलो आवाजमा डिजे बजिरहेकोले […]
ईरिक्शाको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार
प्रस, परवानीपुर, १६ चैत/ बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित ईरिक्शाको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । बिहीवार साँझ पौने ७ बजे पर्साको सखुवाप्रसौनी गापा–५ बलुवा घर भई हाल वीरगंज–१८ सुखचैनामा डेरा गरी बस्ने ३२ वर्षीय सोनालाल रामको ईरिक्शाको ठक्करबाट घाइते भएको र उपचारको क्रममा मृत्यु भएको हो । शुक्रवार पौने २ बजे उपचारको क्रममा नेपाल […]
पोखरियामा रकम लुटियो
दिनेश कुमार मिश्र, वीरगंज, १६ चैत/ पोखरिया नगरपालिका वडा नं ३ वसन्तपुरमा एक लाख ९० हजार लुटिएको छ । उक्त रकम ५५ वर्षीय शम्भु गिरीले स्वावलम्बन वित्तीय बैंकबाट छोराको बिहे गर्न ऋण लिएका थिए । स्वावलम्बन वित्तीय बैंकले गिरीलाई लुम्बिनी विकास बैंकको चेक दिएर पठाएको थियो । पोखरियास्थित लुम्बिनी विकास बैंकबाट रकम निकालेर धोबिनी गाउँपालिका–३ […]
रोट्र्याक्ट क्लबद्वारा कलैया अस्पताललाई उपकरण सहयोग
प्रस, परवानीपुर, १६ चैत/ रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको छ । बिहीवार क्लबले अस्पताललाई पूर्ण स्वचालित विभिन्न किसिमका उपकरण हस्तान्तरण गरेको क्लबकी अध्यक्ष रेषु अग्रवालले बताइन् । एक्सिस गु्रपको सहयोगमा कलैया अस्पतालको लागि मेड टेक डोनेशन ड्राइभ परियोजना अन्तर्गत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अजय गुप्तालाई अत्याधुनिक चिकित्सा उपकरणहरू […]
मोटरसाइकल चालक र यात्रीलाई हेलमेट वितरण
प्रस, परवानीपुर, १६ चैत/ शुभश्री जगदम्बा सिमेन्ट्स प्रालिको सहयोगमा राउन्ड टेबल नेपालले वीरगंजमा हेलमेट वितरण गरेको छ । मोटरसाइकल चालक र पछाडि बस्ने यात्रीलाई अनिवार्यरूपमा हेलमेट लगाउनुपर्ने सन्देशसहित हेलमेट वितरण गरिएको हो । वडा प्रहरी कार्यालय, बिर्ताअगाडि मोटरसाइकल चलाइरहेका चालक र पछाडि बस्ने यात्रीलाई हेलमेट वितरण गरिएको थियो । सो क्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका […]
महिलाहरूलाई सिलाइ मेशीन हस्तान्तरण
प्रस, परवानीपुर, १६ चैत/ केएनपी जापान प्रालिले महिलाहरूलाई १२ थान सिलाइ मेशीन प्रदान गरेको छ । केएनपी जापान प्रFलिका निर्देशक अशोक बैदले पर्सा जिल्लाका बहुदरमाई नगरपालिका, वीरगंज महानगरपालिका, विन्ध्यवासिनी गाउँपालिकाका महिलाहरूलाई १२ थान सिलाइ मेशीन प्रदान गरेका थिए । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले जनकल्याण प्रतिष्ठानलाई सिलाइ मेशीन हस्तान्तरण गरिएको हो ।