प्रस, वीरगंज, १५ चैत/
बन्दी सुधारगृह (वीरगंज कारागार)का मुस्लिम कैदीबन्दीहरूलाई नगरप्रमुख राजेशमान सिंहले खाद्यान्न सहयोग गरेका छन् ।
मुस्लिम समुदायको पवित्र पर्व रमजान चलिरहेको अवसरमा बिहीवार कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई इप्mतारीको लागि खाद्य सामग्री सहयोग गरेको वीरगंज महानगरपालिका बोर्ड सदस्य खैरुद्दीन अन्सारीले बताए । उनले कारागारमा २३५ जना मुस्लिम कैदीबन्दी रहेका र उनीहरूको लागि चना, तेल, चिनी, भुजा, बेसन, सर्बतलगायतका खाद्य सामग्री उपलब्ध गराइएको बताए ।
कार्यक्रममा कारागार प्रशासनका फिरोज अन्सारी, नगरप्रमुखका स्वकीय सचिव अफरोज आलम, प्रतिनिधि रूपेशमान सिंह, जयप्रकाश कुशवाहा, विशाल चौरसिया, राधेश्याम सोनीलगायतको सहभागिता थियो ।