१८ जना पक्राउ, १९२ वटा सवारीसाधन नियन्त्रण

प्रस, वीरगंज, १४ चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले होलीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १८ जनालाई पक्राउ गरेको छ भने १९२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

होलीमा नियमविपरीत सवारीसाधन चलाएको भन्दै प्रहरीले १९२ वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाई प्रक्रिया बढाएको जनाएको छ । १७५ वटा सवारीसाधनका धनीसँग एक लाख ४५ हजार जरिवाना असुल गरी छाडिएको जिप्रका, बाराले जनाएको छ ।

त्यसैगरी, होलीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १८ जनालाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्