• सञ्जय साह मित्र
आजदेखि एसइई परीक्षा शुरू भएको छ । नेपालको विद्यालय तहको यस परीक्षाको धेरै महत्व छ । पहिले यसलाई एसएलसी भनिन्थ्यो । अहिले एसएलसीको ठाउँमा एसइई नाममा परीक्षा सञ्चालन भइरहेको छ । नामसँगै प्रकृतिमा पनि केही परिवर्तन भएको छ । यद्यपि अभिभावक र विद्यार्थीका लागि एसएलसी र एसइईमा खासै भिन्नता देखिएको छैन । पहिले यो परीक्षा विद्यालय तहको अन्तिम परीक्षा मानिन्थ्यो तर अहिले भने विद्यालय तहमा कक्षा बाह्रसम्म आइसकेको सन्दर्भमा यसलाई विद्यालयको अन्तिम परीक्षा मानिएको छैन । पहिले पनि केन्द्रले नै परीक्षा लिन्थ्यो र अहिले पनि प्रदेशको नाममा केन्द्रले नै परीक्षा लिइरहेको छ । केन्द्रले नै नतीजा प्रकाशन गर्ने गरेको छ । अझै पनि माध्यमिक तहका धेरै विद्यालय कक्षा दशसम्म मात्र सञ्चालित छन् । यसले माध्यमिक विद्यालय तहको अन्तिम परीक्षा त्यस्ता विद्यालयको लागि भएको स्पष्ट हुन्छ नै ।
एसइईलाई यस अर्थमा पनि अभिभावकहरूले विद्यालय तहको फलामे ढोका मान्ने गर्दछन्, यद्यपि यो धारणा उचित र सान्दर्भिक छैन कि एसइई पढेपछि विद्यार्थीहरू अनेक किसिमले पढ्नको लागि स्वतन्त्र हुन्छन् । माथिल्लो पढाइको आधारको रूपमा यसलाई लिइएको पाइन्छ । अरू कुनै पनि परीक्षामा उत्तीर्ण वा अनुत्तीर्ण भएकोबारे गाउँ, टोल तथा समाजमा खासै चर्चा भएको पाइँदैन तर यस परीक्षामा भने सहभागी हुने विद्यार्थीलाई नै शुभकामना दिइन्छ ।
आफन्त, नातागोता, शिक्षक तथा साथीभाइ र टोलछिमेकले नै परीक्षामा सफलताको शुभकामना दिने गरेका हुन्छन् । जब परीक्षा चलिरहेको हुन्छ तब धेरैतिरबाट धेरै किसिमले निगरानी गरिएको हुन्छ । सामाजिक सञ्जालदेखि अन्य सञ्चार माध्यमसम्म एसइईको समाचार र विश्लेषणले स्थान पाइरहेको हुन्छ । परीक्षा अवधिभर एउटा पर्वको रूपमा समाजले लिएको हुन्छ । यसैगरी जब नतीजा प्रकाशन हुन्छ, तब समाजमा एक किसिमको हलचल नै मच्चिन्छ । विद्यालयहरूले पनि परीक्षाको नतीजामा चासो राखेका हुन्छन् । समाजका अन्य निकायले पनि चासो राखेका हुन्छन् । नतीजासँगै राज्यको लगानी र प्रतिफलको पनि खुब विश्लेषण गरिन्छ । अझ कतिपय अवस्थामा नकारात्मक समाचार र विश्लेषणले पनि प्राथमिकता पाइरहेको हुन्छ । वास्तवमा यति गतिशील अन्य परीक्षा पाइँदैन, मुख्य गरी ग्रामीण क्षेत्रमा ।
शिक्षाको क्षेत्रमा विद्यालयीय जीवनमा लिइने परीक्षाको यो महाकुम्भ हुन पुगेको छ । अधिकांश परीक्षार्थी यस्ता छन् जो पहिलोपटक आफ्नो
विद्यालयभन्दा बाहिर गई परीक्षामा सामेल हुँदैछन् । परीक्षामा सहभागी विद्यार्थीहरू अत्यन्त शान्त र संयमित हुनुपर्छ ।
अन्य परीक्षामा सहभागी हुनुभन्दा पहिले परीक्षार्थीलाई परीक्षाबारे यति धेरै बताइएको हुन्न । यति धेरै सतर्क पनि गराइएको हुन्न । यति सङ्ख्यामा परीक्षार्थी छन् र आज यो विषय भयो, भोलि फलानो विषय हुँदैछ भनेर समाजले धेरै चासो लिएको पाइँदैन । अभिभावकले पनि अन्य परीक्षामा आप्mना परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म लैजाने तथा परीक्षाभरि केन्द्रबाहिर प्रतीक्षा गर्ने काम हुँदैन । अभिभावकलाई पनि यही लागेको हुन्छ कि शायद यस पछिका परीक्षाहरूमा परीक्षार्थी आफैं जिम्मेवार भइसक्छ । यस परीक्षासम्म आलोकाँचो छ । अलिकति संयमशील र जिम्मेवार बनाउनुपर्छ । अर्थात्, अभिभावकको नजरमा यस परीक्षाबाट परीक्षार्थी जिम्मेवार बन्ने बाटोमा हुन्छ । हरेक अभिभावकले आप्mनो सन्तानसित हरेक दिन परीक्षाबाट निस्कनासाथ एकपटक अवश्य यो कुरो सोधेको हुन्छ कि आज कति लेख्यौ, कस्तो भयो आजको परीक्षा, कति छुट्यो वा के कस्ता अप्ठ्याराहरू आए । अन्य परीक्षाहरूमा यति चासो राखेको पाइँदैन । यसले पनि सिद्ध हुन्छ कि सबैको दृष्टिमा एसइईको महत्व धेरै छ । अनि महत्वपूर्ण परीक्षामा सहभागी हुने सबै परीक्षार्थी आप्mनो ठाउँमा महत्वपूर्ण हुन्छन् । यस अर्थमा फेरि पनि अहिले परीक्षामा सामेल भएका हरेक विद्यार्थी आप्mनो लागि, परिवारको लागि, समाजको लागि र देशको लागि महत्वपूर्ण हो भन्ने कुरामा हरेकले विश्वास गरेको छ । यो विश्वासको आधार निकै बलियो छ ।
एसइई परीक्षाको आप्mनै गरिमा छ । यस वर्षदेखि एसइई अलि फरक किसिमले हुँदैछ । अब सहभागी विद्यार्थीले कम्तीमा पैंतीस प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । पैंतीस प्रतिशत अङ्क ल्याउन नसकिने विषयमा विद्यार्थीले एनजी अर्थात् अनुत्तीर्ण नै भएको मानिनेगरी प्रमाणपत्र पाउँछन् । यसभन्दा पहिले यस किसिमको व्यवस्था फरक थियो । लेटर ग्रेडिङ प्रणाली लागू भएपछि यस किसिमको व्यवस्था गरिएको यो पहिलोपटक हो । नयाँ कोर्स आएपछि लागू गरिएको हो अर्थात् कक्षा दशमा अध्ययन गरेर अहिले एसइईमा सहभागी विद्यार्थी नयाँ कोर्सका हुन् । पहिलोपटक नयाँ कोर्सको पाठ्यक्रम वा पाठ्यपुस्तकबाट अहिले परीक्षा हुन गइरहेको छ । कोर्स नयाँ र परीक्षाको नतीजा प्रणालीमा पनि केही नयाँपन ल्याइएको छ । अहिले एसइईमा सहभागी विद्यार्थीलाई धेरै दृष्टिकोणले नयाँपनको अनुभूति हुने देखिएको छ ।
भर्खर जुँगाको रेखी बस्दै गरेका किशोरहरू अपार जोशका साथ यस परीक्षामा सहभागी हुन्छन् । हरेक वर्ष लाखौं युवकले यस परीक्षामा सहभागिता जनाएका हुन्छन् । परीक्षामा सहभागी हुने विद्यार्थीको गणना र सङ्ख्याबारे सबैभन्दा बढी चर्चा हुने यसै परीक्षामा हो । एसइई परीक्षाले देशमा यतिका यवक अबको केही वर्षमा सम्पूर्ण श्रम बजारमा वा प्रतिस्पर्धाको बजारमा जानको लागि तयार हुँदैछन् भन्ने पनि देखाउँछ । यसपटक मधेस प्रदेशमा औसतमा हरेक जिल्लाबाट .दश हजारभन्दा बढीको सङ्ख्यामा परीक्षार्थी एसइईमा सहभागी हुँदैछन् । मधेस प्रदेशबाट ८१ हजार ७६८ जना परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेशमा जम्मा आठ जिल्ला छन् । प्रदेशको धनुषा जिल्लाबाट सबैभन्दा बढी १२ हजार २१४ र सबैभन्दा कम सप्तरी जिल्लाबाट ९ हजार ३२३ जना परीक्षार्थी एसइई दिंदैछन् । यसै गरी सिराहाबाट १० हजार ९२३, सर्लाहीबाट १० हजार ८९६ र पर्साबाट १० हजार ०६८, रौतहटबाट ९ हजार ४६९, बाराबाट ९ हजार ४४४ र महोत्तरीबाट ९ हजार ४३१ परीक्षार्थीमा सहभागी हुँदैछन् । प्रदेशमा २९५ परीक्षा केन्द्रमा २९५ केन्द्राध्यक्ष तथा ५३० जना सहायक केन्द्राध्यक्ष रहेका छन् । प्रदेश भरमा ४ हजार ०९२ जना निरीक्षक, ८०७ जना परीक्षा सहायक र १६३९ जना कार्यालय सहयोगीलाई परीक्षा केन्द्रमा रहेका छन् । मधेस प्रदेशभरि एसइई परीक्षामा २९५ परीक्षा केन्द्रमा ७ हजार ६५८ जना कर्मचारी खटेका छन् । मधेस प्रदेशको सम्भवतः सबैभन्दा ठूलो परीक्षा, परीक्षार्थी सहभागिताको दृष्टिकोणले, यही हुुनुपर्छ किनभने यसभन्दा पहिले विद्यालय तहमा हुने कुनै पनि कक्षाको विद्यार्थीको सङ्ख्याबारे खासै चर्चा गरिएको पाइँदैन ।
शिक्षाको क्षेत्रमा विद्यालयीय जीवनमा लिइने परीक्षाको यो महाकुम्भ हुन पुगेको छ । अधिकांश परीक्षार्थी यस्ता छन् जो पहिलोपटक आप्mनो विद्यालयभन्दा बाहिर गई परीक्षामा सामेल हुँदैछन् । परीक्षामा सहभागी विद्यार्थीहरू अत्यन्त शान्त र संयमित हुनुपर्छ । अलिकति पनि आत्तिनुहुँदैन । यो हाउगुजी होइन, परीक्षा दिने ठाउँ परिवर्तन भएको मात्र हो र आपूmलाई आएको कुरा निर्धक्क लेख्नुपर्ने हो । सम्भव भएसम्म कसैलाई नदेखाऔं र अरूको पनि हेर्ने प्रयास नगरौं । मानिसहरू आउने र जाने क्रम जारी रहन्छ । आत्तिनुपर्दैन । परीक्षा हो, आफैंले दिने हो र प्रश्न पनि आपूmले पढेकै कोर्सबाट आउने हो ।
परीक्षाको सम्पूर्ण तयारी भएकै छ र हरेक वर्ष यसैगरी लाखौं मानिस परीक्षामा सहभागी हुँदै आएका छन् । आप्mनो विद्यालयमा नभए पनि केही फरक पर्दैन । आपूmजस्तै परीक्षा दिने साथीहरू छन् र विद्यालयका शिक्षकजस्तै निरीक्षक तथा कर्मचारीहरू छन् । पहिलो दिन अलिकति बढी अप्ठ्यारोजस्तो लाग्न सक्छ, परीक्षाको कापीमा सबैभन्दा माथि कहाँ र के लेखूँ भनेर । निरीक्षकको सहयोग लिन सकिन्छ । हाजिरी चाहिं कसैले कुनै पनि हालतमा नछोडौं । सबै परीक्षार्थीको लागि यो भव्य परीक्षा सफल बन्न सकोस्, सबैका लागि सुखदायी नतीजा ल्याउन सक्ने बनोस्, यो एइई परीक्षा । सबैमा यस एसइईको हार्दिक शुभकामना १