काठमाडौं, १४ चैत/रासस
फिफा विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा बुधवार बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जीतमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक/एक गोेल गरे ।

समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमैं भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो ।

नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुर्ई खेलमा युएई र यमनको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here