प्रस, वीरगंज, १० चैत/
ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एशोसिएशन अफ नेपाल, मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ र वीरगंज पब्लिक कलेजको संयुक्त आयोजनामा वीरगंजमा चैत ८ र ९ गते दुई दिने इन्वेस्टिभल कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको उद्घाटन मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीले गरेका थिए । कार्यक्रममा मधेस प्रदेश अन्तरकलेज कैपिटल मार्केट वादविवाद प्रतियोगिता, सेमिनार, फाइनान्सियल -याली र सडक नाटक प्रस्तुत गरिएको बिपिसीका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले बताए ।

घण्टाघरबाट फाइनान्सियल -याली निकालेर माईस्थान मन्दिरमा पुगी सडक नाटक गरिएको थियो । सडक नाटकको उद्घाटन वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमारले गरेका थिए ।

यसैगरी, मधेस प्रदेश अन्तरकलेज कैपिटल मार्केट वादविवाद प्रतियोगितामा मधेस प्रदेशका ३५ कलेज सहभागी थिए । प्रतियोगितामा वीरगंज पब्लिक कलेज प्रथम, हरि खेतान बहुमुखी क्याम्पस द्वितीय र ठाकुर राम बहुमुखी क्याम्पस तेस्रो भएको थियो ।

कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here