प्रस, वीरगंज, ९ चैत/
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजस्व चुहावटमा सहयोग गर्ने जोकोहीलाई कारबाई गर्ने बताएका छन् ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण अन्तत्र्रिmया कार्यक्रममा उनले राजस्व चुहावटमा सहयोग गर्ने जोसुकै दर्जावालाको बर्दी फुकाल्ने चेतावनी दिए ।
सप्रमनि अर्यालले भने, “तस्कर र प्रहरीको साँठगाँठ कुनै हालतमा हुनुभएन, स्थानीयबाट यस्तो गुनासो सङ्गठनले सुन्न पनि चाहँदैन, सङ्गठनविपरीत काम गर्ने कसैलाई पनि छाडिनेछैन ।” उनले सीमामा बसोबास गर्ने नागरिक खुशी भए सीमा सुरक्षित हुने बताए । सप्रमनि अर्यालले सीमामा बसोबास गर्ने नागरिकलाई नियमसङ्गत सहयोग गर्न सशस्त्र प्रहरी तयार रहेको बताए । सीमामा बस्ने व्यक्तिले अपराधविरुद्ध सूचना दिए तत्काल कारबाई गर्नुपर्छ, यदि कारबाई नभएमा माथिल्लो निकायमा खबर गर्न स्थानीयहरूसँग आग्रह गरे ।
नेपाल सरकार राजस्व चुहावटलाई नियन्त्रण गर्न संवेदनशील छ, त्यस कारण राजस्व चुहावटका गतिविधि तत्काल रोक्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सहभागीहरूले सशस्त्र प्रहरीको रवैयाप्रति दुःख व्यक्त गर्दै सीमामा प्रहरी छ, तर सडकमा सामान पक्राउ पर्दा कसको दोष हुने औंल्याएका थिए । तस्करीको सामान भिœयाउन मोटो रकम लिने अनि फेरि नियन्त्रणमा लिनु गलत परिपाटी भएको वक्ताहरूले बताए । चेकजाँचको नाममा दैनिक गुजारा चलाउनका लागि खाद्यान्न ल्याउँदा पक्राउ गर्ने तर तस्करहरूसँग साँठगाँठ राख्ने कार्य रोक्नुपर्नेमा जोड दिए ।
जनपद तथा सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले चाहेमा राजस्व चुहावट रोकिने तर्क दिंदै सहभागीहरूले सङ्गठनलाई सुधार गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए । सहभागीहरूले गुनासो राख्दै सानालाई कारबाई गरी ठूलालाई बचाउने कार्य तत्काल रोक्नुपर्ने बताए । भन्सारका कर्मचारीको मिलेमतोमा ठूला कर छली हुँदा दोषी को हुने वक्ताहरूले जिज्ञासा राखेका थिए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिरिक्त महानिरीक्ष्Fक नारायणदत्त पौडेल, डिआइजी दीपेन्द्र शाह, वीउवासङ्घका पूवअध्यक्षद्वय अशोक टेमानी र अशोक बैद, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानलगायतले मन्तव्य राखेका थिए ।