पाठकवृन्द आज पालो छ, सबै मनोवैज्ञानिक उपचारको एकत्रित विवरणको । यसको मतलब जति पनि औषधि बनेका छन ती सबै पछिका खोज हुन् । औषधिे ब्रेनको किमिया बदल्न सक्षम छ । पहिले औषधि थिएन । थियो त केही मनोवैज्ञानिक विधि, जसको औषधिसँगै प्रयोग पनि गरिन्छ ।
साइकोथेरापीको परिभाषा बोल्वीले यसरी गरेका छन्–साइकोथेरापी भावनात्मक समस्याको मनोवैज्ञानिक विधिले उपचार गर्ने विधि हो जसमा चिकित्सकले रोगीसँग यस्तो व्यावसायिक सम्बन्ध स्थापित गर्छ, जसले रोगीको वर्तमान लक्षण समाप्त, परिवर्तित वा बन्द होस् । अर्थात् गडबड व्यवहार कम होस् र सकारात्मक व्यक्तित्वको विकास होस् । साइकोथेरापी मौखिक वा अमौखिक दुवै किसिमले हुन्छ जसका निम्नलिखित प्रकार छन्– साइकोएनालिसिस जसको आविष्कार फ्रायडले, एनालिटिकल साइकोलोजिकल थेरापी जसको आविष्कार कार्ल गुस्ताभ जुंगले, ट्रान्ससेक्सनल एनालिसिस एरिक विमीले, क्लाइएन्ट सेन्टर्ड साइकोथेरापी कार्ल आर. रोजर्सले, हिप्नोसिस जेम्स व्रेडले, ग्रुपथेरापी जोसेफ प्रेटले, कग्निटिभ थेरापी आरोना वेकले, कग्निटिभ विहेवियर थेरापी डोनाल्डले, क्लासिकल कन्डिसनिङ इभान पेट्रोविच पेभलभले गरे । ओपरेन्टलाई फ्रेडरिक स्कीनरले, डुअल सेक्सथेरापी विलियम मास्टर्स र भर्जिनिया जोन्सनले, थिरेप्टिक कम्युनिटी मेक्सवेल जोन्सले, साइकोड्रामा जैकोज एल. मेरिनीले, रेशनल इमोटिभ थेरापी अल्बर्ट एलिसले, प्राइमरथेरापी आर्थर जोनोभले, विलथेरापी ओटो रैंकले, गेसटाल्ट थेरापी फ्रेडरिक पर्टसले, एग्जेंटिसियल लोगोथेरापी भिक्टर इएफ फ्रेन्कले, रेसिप्रोकल इन्हिविशन जोसेफ उल्पीले, प्रोग्रेसिभ मस्कुलर लिेक्सेशन इ जेकोव्सनले, कैरेक्टर एनालिसिस विलहेम रिचोले र टोकेन इकोनोमी आइलन र एजरीनले गरे । यी सबै २२ मध्ये अब मुख्य–मुख्यको सङ्क्षेपमा वर्णन–
साइको एनालिसिस र साइको–एनालिटिकल साइकोथेरापी :
यो मुख्यतया फ्रायडले गरेको काममा आधारित छ यद्यपि जुंग आदिले पनि यसमा योगदान दिए । यसको दुई प्रकार वा विधि छ :
१. क्लासिकल साइकोएनालिसिस
२ साइकोएनालिटिकली ओरिएन्टेड साइकोथेरापी ।
पहिलो विधिको आविष्कार सिग्मन्ड फ्रायडले गरे जुन अजीबोगरीब छ । यसमा ५ वर्ष वा बढी पनि समय लाग्छ जसमा रोगीलाई प्रत्येक हप्ता २ वा ३ सेसनको लागि बोलाइन्छ । यसमा रोगी एउटा कोचमा सुत्छ र चिकित्सक रोगीले नदेख्नेगरी कही बस्छ । यसमा रोगीको इतिहास सोधिंदैन न कुनै जाँच गरिन्छ न डायग्नोसिस नै । रोगीले गर्दछ, गर्न दिइन्छ । बीचबीचमा अदृश्य चिकित्सकले रोगीको हरकत र कार्यमा हस्तक्षेप गरेर चेलेन्ज गर्छ । यसमा कुनै सल्लाह दिइँदैन । रोग कसरी बिसेक हुन्छ थाहा हुँदैन तर रोग निको हुन्छ । शायद रोगीको स्वतन्त्रता र त्यसमा हस्तक्षेपले काम गर्छ । यसमा कुनै सहायक थेरापी प्रयोग गरिंदैन ।
साइकोएनालिटिकली ओरिएन्टेड साईकोथिरेपी : पहिलो इन्डाइरेक्ट विधि हो भने यो डायरेक्ट विधि हो । जसमा रोगी र चिकित्सक मुखामुख गरेर बस्छन् । अरू काम पहिलो अर्थात् क्लासिकल सरह नै हुन्छ तर फरक के छ भने यस विधि अन्तर्गत रोगीलाई औषधि खाने सल्लाह पनि दिइन्छ । यसको उद्देश्य हो रोगीले इगोको बलियो संरचना प्राप्त गरोस् र त्यो खास परिस्थिति जसले रोग पैदा गरेको छ त्यो हावी नहोस् । यो प्रायः न्युरोटिक र पर्सनालिटी डिजार्डरमा प्रयोग हुन्छ ।
विहेवियर थेरापी : यो त्यो मानसिक उपचार हो जो सिक्ने सिद्धान्तमा निर्भर छ । मान्छेको कुनै पनि व्यवहार सिखेर प्राप्त हुन्छ । त्यसैले मानसिक विकृतिको फलस्वरूप जुन गलत व्यवहार देखा पर्छ त्यसलाई फेरी सामान्यमा फर्काउन केही विधि र प्रशिक्षण आवश्यक हुन्छ जसले गर्दा गलत हटेर जान्छ र सामान्य फिर्ता हुन्छ । ओपरेन्ट स्किनर कन्डिसनिङ र क्लासिकल पेभलभ कन्डिसनिङ : यो छोटो समयको लागि अर्थात् ६ देखि ८ हप्ता मात्र गरिन्छ तर महँगो हुन्छ । शुरू शुरूमा दिनदिनै सेसन हुन्छ तर पछि गैप दिइन्छ । यसमा पहिले रोगीको व्यवहारको विश्लेषण गरिन्छ अर्थात् कुन परिस्थितिमा मान्छेमा के परिवर्तन हुन्छ ? त्यसपछि निम्नलिखित विहेवियर तकनीक प्रयोग गरिन्छ : १. सिस्टेमेटिक डिसेन्सेटाइजेशन : यसको तीन उपप्रकार हुन्छ : क. जुन परस्पर एकले अर्कोलाई रोक्ने सिद्धान्तमा काम गर्छ जसको आविष्कार उल्पी नामक वैज्ञानिकले गरे । चिन्ता रोगमा मानौं कुनै खराब लक्षण प्रगट हुन्छ । त्यसै बेला चिन्ता पैदा गर्ने कृत्रिम स्टिमुलस दिइन्छ । दोस्रोले पहिलोलाई रोकी दिन्छ यही हो रेसिप्रोकल इन्हिविशन वा परस्पर रोक्ने कुरा । ख.रिलेक्सेशन तकनीक : यसमा जुन कुराले रोगीमा चिन्ता पैदा गर्छ, सबैलाई एउटा कागजमा टिप्न लगाइन्छ । त्यस पछि बढी चिन्ता दिनेलाई माथि र कमलाई तल लेख्न लगाइन्छ । अनि सबैभन्दा तलको स्टिमुलसबाट शुरू गरिन्छ । स्टिमुलस दिएपछि चिन्ता देखिन थाल्छ । चिन्ता देखिनेबित्तिकै बताउने वा रोगीलाई सिग्नल दिन लगाइन्छ । प्रत्येक सिग्नलमा रोगीलाई रिलेक्स गर्न भनिन्छ । यसरी सबैभन्दा बढी चिन्ता पैदा गर्नेसम्म पुगिन्छ र अन्तमा चिन्ता हराएको नतीजा प्राप्त हुन्छ । यो विधि फोबिया र अब्सेसिभ कम्पल्सिभ डिजार्डरमा प्रयोग गरिन्छ ।
२. एभर्सन थेरापी : एभर्सनको मतलब हुन्छ मन नपर्नु वा विरोध गर्नु । यस विधिलाई त्यस्तो डिजार्डरमा प्रयोग गरिन्छ जसले रोगीलाई सुखानुभूति दिन्छ तर नोक्सानदेह हुन्छ । जस्तै रक्सी खानु, ड्रगडिपेन्डेन्सी, ट्रान्सभेस्टिज्म, होमोसेक्सुहलिटी वा अन्य सेक्स डेभिएशन । मानौं कोही अल्कोहलिक छ । उसलाई अल्कोहल खुवाइन्छ र त्यसै बेला बिजुलीको सानो झटका दिन लगाइन्छ । रक्सीको सुखानुभूति तुरुन्त दुःखानुभूति बन्छ । त्यसपछि रोगीले जबजब रक्सी खान्छ उसलाई बिजुलीको झटकाको अनुभूति हुन्छ र रक्सीको लत छुट्छ । आजकाल इलेक्ट्रिक स्टिमुलसको काम औषधिबाट पनि लिइन्छ
३. ओपरेन्ट कन्डिसनिङ विधि : यसमा राम्रो बानीलाई अझ बढाउने र नराम्रो छुटाउने काम हुन्छ । यसका निन्मलिखित तीन तकनीक छन् : क. पोजिटिभ वृद्धि विधि जसमा राम्रो बानीलाई पारितोषिक दिएर प्रोत्साहित गरिन्छ । ख. यसमा इच्छित व्यवहार प्राप्त गर्नको लागि नराम्रो बानीलाई पनि दण्डित गरिइँदैन । ग. मोडलिङ : यसमा रोगीलाई एउटा मोडेलको व्यवहार देखाइन्छ र त्यस्तै गर्न भनिन्छ । यो रोगीको कुनै नचाहिने व्यवहार रोक्न प्रयोग गरिन्छ ।
४. प्mलडिङ : यो फोबियामा गरिन्छ । यसमा मान्छे जे कुराबाट डराउँछ त्यसैको सामना यसरी गराइन्छ कि मान्छे डराएर भाग्न नपाओस् । मान्छे अत्यधिक डराएको त हुन्छ तर चिकित्सकले नडराऊ, म छु नि, भनी ढाढस दिइरहेको हुन्छ । यसरी अधिकतम समयसम्म बस्दा र ढाढसले रोगी निको हुन्छ । बच्चा भूतको कुराले डराउँछ तर आजकाल टिभीमा भूतको सिरियल हेर्दा कुनै पनि वच्चा डराउँदैन किनभने उसको सामुन्ने भूतको प्mलडिङ हुन्छ ।
५. ओपरेन्ट कन्डिसनिङ विधि : यसमा कुनै अनिच्छत व्यवहार कम गर्ने काम हुन्छ । यसका तीन विधि छन् : टाइम आउट, पनिसमेन्ट र सैटिएशन । पहिलोमा जब कुनै व्यवहारलाई बढाउने प्रक्रिया चलिरहेको हुन्छ त्यसलाई अचानक रोक्न लगाइन्छ । दोस्रोमा जब अनिच्छित व्यवहार देखिन्छ, रोगीलाई दण्डित गरिन्छ । बारम्बार यसो गर्दा अनिच्छित व्यवहार कम हुँदै जान्छ । तेस्रोमा अनिच्छित व्यवहारलाई यति बढाइन्छ कि रोगीलाई थकाइ लागोस् र बिस्तारै कम हुँदै जाओस् ।
६. अन्य विहेवियर थेरापी : जसको प्रयोग आजभोलि प्रचलित छन जसमा : सोसल कठिनाई पैदा गर्ने रोगीमा सोसल स्किल ट्र्निङ, फेमिली थेरापी, मैरिटल थेरापी आदि पर्छ ।
कग्निटिभ वा कग्निटिभ बिहेवियर थेरापी : यो महŒवपुर्ण उपचार हो जसमा दिमागमा उठ्ने गलत विचार र त्यसको प्रभावलाई ठीक गरिन्छ । यसमा साइकोएनालिसिसको विपरीत चिकित्सकको भूमिका निष्क्रिय होइन, सक्रिय हुन्छ । कसैले यसलाई साइकोथेरापी मान्छ भने कसैले बिहेवियर थेरापी । यसको प्रयोग डिप्रेशन, चिन्ता, पैनिक, भय रोग र इटिङ डिजार्डरमा गरिन्छ । यसमा ३ महीनामा १५ सेसनको सूची बनाइन्छ । यसमा मुख्यतः तीन विधि हुन्छ : कग्निटिभ तकनीक,बिहेवियर तकनीक र समस्या समाधानको तकनीक । पहिलोमा नकारात्मक विचारको पहिचान गरी त्यसलाई ठीक पारिन्छ । यसमा क्रियात्मक सेड्युल हुन्छ , होमवर्क हुन्छ, बिहेवियर रिहर्सल हुन्छ तथा रोल प्लेइङ आदि कुरा हुन्छ । तेस्रोमा समस्या समाधान गर्ने तरीका बताइन्छ
सपोर्टिभ साइकोथेरापी : यो साइकोथेरापीको डायरेक्ट विधि हो, जुन स्पष्ट देखिएका लक्षण तात्कालिक परिस्थितिसँग केन्द्रित हुन्छ । यसको उद्देश्य हो परिस्थितिजन्य समस्या ठीक पार्नु, लक्षणमा सुधार ल्याउनु, सुरक्षा कायम राख्नु वा बलियो बनाउनु, भावनात्मक ब्रेकडाउन रोक्नु, सहनशीलताको प्रशिक्षण दिनु आदि । यी सबै उद्देश्य प्राप्तिका लागि विभिन्न विधिको समष्टि प्रयोग गरिन्छ जसमा हुन्छ : निर्देशन, सल्लाह, वातावरणीय परिवर्तन अर्थात् एक ठाउँबाट अन्यत्र सर्ने वा घुम्ने, निरन्तर विश्वास दिलाउनु, प्रोत्साहित गर्नु, रोगी र चिकित्सकको सम्बन्ध विकास गर्नु, रोगीको ध्यान अन्यत्र केन्द्रित गराउनु र रोगीलाई अस्पताल भर्ना गरी औषधि दिनु आदि । यो अत्यधिक सीपयुक्त विधि हो, जसलाई यदि राम्ररी सञ्चालन गरियो भने राम्रो परिणाम दिन्छ ।