महिलाको शङ्कास्पद मृत्यु

प्रस, परवानीपुर, ७ चैत/
पोखरिया नगरपालिका–८ मननपुरमा एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ ।

स्थानीय बृजकिशोर यादवकी पत्नी २२ वर्षीया सुनीता देवी आफ्नै खपडाको गोठघरमा हिजो बिहान ७ बजे झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । पासो लगाएर झुन्डिएको अवस्थामा घरपरिवारले देखेपछि इलाका प्रहरी कार्यालय पोखरियालाई खबर गरेका थिए । प्रहरीले शव बरामद गरेर शल्यपरीक्षणका लागि नारायणी अस्पतालमा पठाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले शल्यपरीक्षणका लागि पठाएको र प्रतिवेदन आएपछि हत्या, आत्महत्या भन्न सकिने बताए । उनले शल्यपरीक्षणपछि शव परिवारको जिम्मा लगाएको र अन्तिम संस्कार भएको बताए । माइतपक्षले भने सुनीताको हत्या भएको आरोप लगाएको छ ।

बहुदरमाई नगरपालिका–२ पिपरा माइत रहेको सुनीताको विवाह २०७९ वैशाख १८ गते बृजकिशोरसँग भएको र विवाहमा दराज र पलङ्ग नदिएको विषयलाई लिएर घरमा कचकच गरिएको र मानसिक यातना दिएको कारण छोरीको हत्या गरिएको हुन सक्ने पिता देवनारायणले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्