प्रस, पोखरिया, ७ चैत/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ र पर्साको पोखरिया नपा–४ मा बुधवार मधेस प्रदेशको खेलकूद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत महिला समुत्थान परियोजनाको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ ।

महिलाहरूमाथि हुने घरेलु हिंसा, समुदायमा हुने हिंसा, कार्यालयमा हुने हिंसा, दाइजोप्रथाबारे नाटकद्वारा सचेतना फैलाइएको थियो । साथै हिंसा गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउनुपर्ने सडक नाटकमार्फत सन्देश प्रवाह गरिएको थियो । नाटकमा महिलाहरूलाई जिस्काउने, दुव्र्यवहार गर्नेविरुद्ध प्रहरीमा खबर गर्न सुझाइएको थियो ।

कार्यक्रममा मधेस प्रदेशको खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्री सहभागी थिइन् भने बिएन पटेलको टोलीले सडक नाटक प्रस्तुत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here