प्रस, वीरगंज, ७ चैत/
धनुषा जिल्लाको मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रम जगतगुरु तŒवदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको बोध दिवसको उपलक्ष्यमा हिजो चैत ६ देखि ८ गतेसम्मका लागि आयोजना गरिएको अमरग्रन्थ साहेबको अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रम अन्तर्गत आज बुधवार अनुयायीहरूद्वारा रक्तदान तथा आठ नवजोडीको दाइजोरहित रमैणी विवाह सम्पन्न भएको छ ।

सन्त गरीबदासजी महाराजलाई विसं १७८३ मा आजकै दिनमा पूर्ण परमात्मा कबीर साहेबजीले जिन्दा बाबाको भेषमा प्रकट भएर भारतको हरियाणा प्रान्तस्थित छुडानी गाउँको चौरीमा रहेको जण्डी वृक्षको फेदमा बसेर मन्त्र उपदेश दिएका थिए ।

कबीर साहेबबाट मन्त्र दिक्षा प्राप्त गरेको दिनको सम्झनामा बोध दिवस मनाइन्छ । दाइजो तथा आडम्बररहित विवाहमा आगन्तुक सबैलाई आश्रमबाटै शुद्ध घ्यूमा बनेका मिष्ठान भोजनको व्यवस्था गरिएको थियो । समाज सुधार र परोपकारका कार्यहरूमा जहिल्यै पनि सन्त रामपालजी महाराजका अनुयायीहरू अग्रसर रहने र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गरिने आयोजकले जनाएको छ ।

हिजो पाठ प्रकाश आरती गरी प्रारम्भ भएको कार्यक्रममा नेपाल, भारत, भुटानलगायतका देशहरूबाट श्रद्धालुहरूको सहभागिता थियो ।

यस अवसरमा विश्वभर ११ वटा ठूलाठूला आश्रममा यो भव्य कार्यक्रम भइरहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here