काठमाडौं, ४ चैत/रासस
स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो ।
महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ । शुक्रवार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा काराबवार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु एक हजार ५१५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार ५३० कायम गरिएको छ ।