काठमाडौं, १ चैत/रासस
नेपाली बजारमा बिहीवार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई हाल रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधवार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।
चाँदीको पनि मूल्यमा प्रतितोला रु ५० वृद्धि भई प्रतितोला रु एक हजार ५१५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।