प्रस, वीरगंज, ३० फागुन/
सरकारले माओवादी सशस्त्र विद्रोह र विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका आठ हजार ३७१ जना शहीदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।

जसमा पर्साबाट ३१ जनालाई नेपाल सरकारले शहीद घोषणा गरेको समाचार प्राप्त भएको छ । मन्त्रिपरिषद्को फागुन १५ गते बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म ज्यान गुमाएका व्यक्तिको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थिया । मन्त्रिपरिषद्को निर्णय अनुसार, आठ हजार ३७१ जना शहीदको नाम राजपत्रमा प्रकाशित भएको हो ।सरकारको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदको अभिलेख माग गरेको थिया । सबै जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदको नामावली राजपत्रमा प्रकाशित भएको जनाइएको सो मान्त्रालयले जनाएको छ ।

प्रकाशित सूचना अनुसार सबभन्दा बढी शहीद रोल्पामा ७५३ जना तथा सबभन्दा कम शहीद भक्तपुरमा ६ जनाको नामावली प्रकाशित गरेको छ ।

पत्र अनुसार पर्सामा राजकुमार शर्मा घोरे ५, पकाहामैनपुर–२ का भोला मियाँ, पचरूखीका भोकट रायभर, बगवन्ना–३ का खीमलाल आचार्य, बगवन्नाका रितु माझी, हीरा सुवेदी, बिरुवागुठीका नवराज क्षत्री, वीरगंजका सिजनराज पाण्डे, दीपेन्द्र सिंह, सुवर्णपुरका कुन्दनबहादुर पाख्रिन, निर्मलबस्तीका वीरबहादुर पाख्रिन, पूर्ण श्रेष्ठ, हीरा श्रेष्ठ, जीतपुर परसवाका रामेश्वर चमार, महादेवपट्टिका हरि सापकोटा, गीता लामिछाने, पिडारीगुठीका नमी सिंह, जानकीटोलाका सन्तोष ठाकुर, रामनारायण ठाकुर, मसिहानीका भुलन महतो, नगरदाहाका मन्जुरी आलम, बिरुवागुठीका जगरनाथ नेपाल, सोनबर्साका रमाकान्त गिरी, बिरुवागुठीका कुलबहादुर तामाङ, बैरियाबिर्ताका राजदेवराउत कुर्मी, जगधर मुखिया, बगवन्नाका दिनेश्वरी थरूनी, नारायण थारू, सुरेश थारू, हरपुरका कविकान्त थारू, वीरगंज–८ का गोपाल गिरी गरी ३० जना शहीद रहेको पत्रमा उल्लेख छ ।

त्यसैगरी शहीदहरूको जिल्लागत तथ्याङ्क हेर्दा ताप्लेजुङमा १५०, पाँचथरमा १०१, इलाममा १००, संखुवासभाका ९३ जना, तेह्रथुममा ५३ जना, धनकुटामा २२ जना, भोजपुरमा ७३ जना, खोटाङमा ९३, सोलुखुम्बुमा ८४, ओखलढुङ्गा ८५, उदयपुरमा ६४, झापामा ७८, मोरङमा ११५, सुनसरीमा ५१, सप्तरीमा ४२, सिराहामा १२०, धनुषामा १४०, महोत्तरीमा ४८, सर्लाहीमा ७८, रौतहटमा १७८, बारामा ७२, पर्सामा ३०, दोलखामा १२२, रामेछापमा ८८, सिन्धुलीमा १४५, सिन्धुपाल्चोकमा १३५, रसुवामा १९, नुवाकोटमा १६३, धादिङमा ६९, चितवनमा १०७, मकवानपुरमा ६३, भक्तपुरमा ६, ललितपुरमा १४, काठमाडौंमा ७, गोर्खामा २१५, लमजुङमा ९०, तनहुमा ८०, कास्कीमा ४८, म्याग्दीमा ६४, पर्वतमा ४१, स्याङजामा ४८, बागलुङमा १००, नवलपरासीमा ५८, रूपन्देहीमा ४३, कपिलवस्तुमा ११९, पाल्पामा ४८, आर्घाखाची ५८, गुल्मीमा २३, रोल्पामा ७५३, प्युठानमा ५९, दाङमा २४५, बाँकेमा ११०, बर्दियामा १००, रूकुममा ५८४, सल्यानमा २२१, डोल्पामा १७५, मुगुमा ६७, हुम्लामा १०९, कालिकोटमा ४३३, जाजरकोटमा २१३, दैलेखमा १८६, सुर्खेतमा १३७, बाजुरामा १०९, बझाङ ६९, डोटीमा ६३, अछाममा १४३, दार्चुलामा ५०, बैतडीमा ८३, डढेलधुरामा ७३, कञ्चनपुरमा १३५, कैलालीमा २८२ गरी ७७ जिल्लाबाट ८३७१ जना शहीदको नाम राजपत्रमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here