प्रस, वीरगंज, २९ फागुन/
दाइजोमा सुनको सिक्री नदिएको विषयलाई लिएर हिजो राति वीरगंजमा एउटा विवाह रोकिएको छ । कलैया उपमहानगरपालिका–४ बस्ने बच्चालाल साहका छोरा उमेश साहको वीरगंज महानगर–२४ रामगढवामा सुखल साहको छोरीसँग बिहेको कार्यक्रम हुँदा केटापक्षले सुनको सिक्री नदिएको भनेर जन्तीमा होहल्ला र गालीगलौज गरेको थियो ।
वरमालाको कार्यक्रम सम्पन्न भएर वैवाहिक कार्यक्रम शुरू हुने क्रममा केटापक्षले विवाद गरेको थियो । सुनको सिक्री नपाएपछि बेहुला पक्षले बिहे गर्न मानेन र बेहुली पक्ष्Fलाई तथानाम गाली गर्दै हातसमेत हालेको बेहुली पक्षको आरोप छ । स्थानीयले बेहुला पक्षलाई सम्झाए पनि सुनको सिक्री नलिएसम्म बिहे नगर्ने भनी विवाद गरेपछि बेहुली पक्षले प्रहरीलाई बोलाएको थियो । प्रहरीले बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो र वैवाहिक कार्यक्रम स्थगित भएको थियो ।
बेहुलासहित पाँचजना अहिले वडा प्रहरी कार्यालय, श्रीपुरमा छन् । बेहुला पेशाले स्वास्थ्यकर्मी हुन् । उनी वीरगंज–३ पार्किङ क्ष्Fेत्रमा रहेको महानगरको सामुदायिक प्रयोगशालामा कम्प्युटर अपरेटर हुन् । बेहुली पनि नारायणी अस्पतालकी स्वास्थ्यकर्मी हुन् । बेहुला र बेहुलीबीच वडा प्रहरी कार्यालयमा समझदारीको प्रयास भएको थियो तर बिहापूर्व नै सिक्रीको कारण बेहुलाले तनाव सिर्जना गरेको भन्दै बेहुलीले विवाह गर्न अस्वीकार गरेपछि वैवाहिक कार्यक्रम रोकिएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले विवादपछि केटीले नै विवाह गर्न नमानेकाले बेहुला पक्ष्Fविरुद्ध विवाह सम्बन्धि कसुरमा अदालतबाट दुई दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडी बढाएको बताए ।
प्रहरीले बेहुला उमेशसहित निजका पिता बच्चालाल, दाजुहरू राकेश र मुकेश साह, भिनाजु रामएकबाल साहसहित पाँचजनालाई पक्राउ गरेको जनाएको छ ।
बेहुली पक्षले वैवाहिक कार्यक्रममा अहिलेसम्म ४० लाख खर्च भएको दाबी गरेको छ । वैवाहिक कार्यक्रम भाँडिएपछि उनीहरूले विवाह पनि नभएको र छोरीको विवाहको लागि राखिएको धन पनि खर्च भएको बताए ।
माछाको लागि कुटाकुट, सहमतिमा विवाह
जन्तीलाई भोजमा माछा–भात नखुवाएको विषयलाई लिएर विन्ध्यवासिनी गाउँपालिकाको एउटा वैवाहिक कार्यक्रम भाँडिएकोमा एक सातापछि सहमति जुटेर वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । सखुवाप्रसौनी गापाको देउरवानाबाट विन्ध्यवासिनी गापा–४ मधवल टोलमा फागुन २१ गते राति जन्ती गएको थियो । जन्तेहरूले माछा–भातको माग गरेका थिए । जन्तेको लागि तयार गरिएको भोजनमा माछा नभएको र माछा माग गर्दा तत्काल व्यवस्था गर्न नसकिने बेहुली पक्षले भनेपछि दुवै पक्षबीच विवाद भई कुटाकुट भएको थियो ।
जन्ते र बेहुली पक्षबीच कुटाकुट भएपछि प्रहरीको सहजीकरणमा फागुन २३ गते सहमति भएको र हिजो सोमवार वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो । कुटाकुटमा बेहुलाका बुबालगायत घाइते भएका थिए ।