प्रस, वीरगंज, २९ फागुन/
नारायणी रङ्गशालामा जारी पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मङ्गलवार दोस्रो दिन तीनवटा खेलको परिणाम सार्वजनिक भएको मुख्य निर्णायक विश्वेश्वर पटेलले बताए ।

आज दुई सय, आठ सय मिटर दौड र हाइजम्प खेलका परिणाम आएको बताए । दुई सय मिटर दौड प्रतियोगितामा पर्सागढीका सुजन बल प्रथम, ठोरीका अनमोल श्रेष्ठ द्वितीय र पर्सागढीका चन्दन शर्मा तृतीय भए ।

आठ सय मिटर दौड प्रतियोगितामा ठोरीका पुष्करबहादुर पोखरेल प्रथम, पर्सागढीका जनक महतो धानुक द्वितीय र कालिकामाईका सुरज पटेल तृतीय भए ।

हाइजम्पमा पर्सागढीका सुजन बल प्रथम, वीरगंज महानगरका दीपेश चौरसिया द्वितीय र ठोरीका अमित महतो तृतीय भएका मुख्य निर्णायक पटेलले बताए । हिजोदेखि शुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बुधवार फागुन ३० गते समापन हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here