ओमप्रकाश चौधरी, सेढवा, २७ फागुन/
जङ्गल क्ष्Fेत्रसँग जोडिएको मानवबस्तीमा रहेका विद्यालयहरूको पठनपाठन जङ्गली जनावरको उपद्रव बढेसँगै प्रभावित हुन थालेको छ । विद्यार्थीहरू अध्ययन गर्न विद्यालयसम्म जाने अवस्था छैन र उनीहरू डराएर बसेका छन् ।

चैत २ गतेदेखि वार्षिक परीक्ष्Fा शुरू हुन गइरहेको र यस क्ष्Fेत्रका केही विद्यालयहरूमा जङ्गली जनावर हात्ती, बाघका कारण परीक्ष्Fा प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

पटेर्वासुगौली गापाका शिक्ष्Fा शाखा प्रमुख सोलेन्द्र पञ्जियारले केही विद्यालयहरूमा बाघ आतङ्कले परीक्ष्Fा प्रभावित हुने सङ्केत गरे । उनले जनता सडकदेखि दक्षिणतर्पm जङ्गलसँग जोडिएको र झाडी रहेको पटेर्वासुगौली गापा–२ को नेराप्रावि लक्ष्मीपुरमा परीक्ष्Fा सञ्चालन गर्ने/नगर्ने विषयमा सोचविचार भइरहेको बताए । उनले बाघ देखा परेको र नियन्त्रणमा नआएको कारण सो स्थानमा परीक्ष्Fा सञ्चालन गर्न द्विविधा भएको बताए ।

यसैगरी, सोही वडाको प्रावि थरघट्टीमा पनि परीक्ष्Fा सञ्चालनको विषयलाई लिएर द्विविधा उत्पन्न भएको उनले बताए । रङ्गपुरटाँडीमा कक्ष्Fा १२ सम्म अध्ययन हुने र सो क्षेत्र पनि जङ्गलसँग जोडिएकोले त्यहाँ अहिले अध्यापन र आगामी दिनमा हुन गइरहेको परीक्ष्Fालाई लिएर समस्या उत्पन्न भएको बताएका छन् ।

पर्सा जिल्लामा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका राष्ट्रिय वन छन् । निकुञ्ज अन्तर्गतको वनमा चितवनतर्फ दुईवटा र पर्सातर्फ तीनवटा मध्यवर्ती क्षेत्र छन् । मध्यवर्ती क्षेत्रले आप्mनो वनमा विद्युतीय तथा मेस जाली लगाएको छ । तर पनि खोलाहरूमा विद्युतीय तारबार र मेसजाली लगाउन नसकिएको कारण सो क्ष्Fेत्रबाट जङ्गली जनावरहरू मानवबस्तीमा प्रवेश गर्ने गरेका छन् ।

पाँचवटा मध्यवर्तीमध्ये पञ्चमुखी मध्यवर्ती उपभोक्ता समितिले लगाएको विद्युतीय तारबार दुई वर्षदेखि प्रयोगविहीन छ । मरम्मतसम्भार नहुँदा सो क्षेत्रको विद्युतीय तारबार प्रभावहीन भएको हो ।

यता, राष्ट्रिय वन अन्तर्गतका क्ष्Fेत्रहरूमा भने विद्युतीय तारबार, मेसजाली नभएका कारण जङ्गली जनावर निर्धक्क मानवबस्तीमा प्रवेश गर्ने र उपद्रव मचाउने गरेका छन् । अहिले राष्ट्रिय वन अन्तर्गतका क्षेत्रहरूबाट मानवबस्तीमा जङ्गली जनावर हात्ती, बाघ प्रवेश गरेर उपद्रव मचाउँदै आएका छन् ।

यसबाहेक ठोरी गापामा भने भारतीय जङ्गली जनावरको उपद्रव छ । भारतीय जङ्गलमा विद्युतीय तारबार, मेसजाली नलगाइएका कारण त्यहाँबाट निस्किने जङ्गली जनावरले ठोरी गापा–३ र ४ मा उपद्रव मचाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।

प्रमोद यादव, पंचगावाँ/
पर्सा जिल्लाको जङ्गल क्षेत्रसँग जोडिएका मानवबस्तीहरू जङ्गली जनावरको कारण कात्तिकदेखि आतङ्कित रहँदै आएको छ ।

कात्तिक महीनामा जङ्गली हात्तीहरू प्रवेश गरेर मानवबस्तीमा क्षति पु¥याएका थिए । बालीनाली क्षति गर्नुका साथै जङ्गली हात्तीले मानवबस्तीमा पसेर घर भत्काउने जस्ता कार्य गरेर उत्पात मचाएको थियो । अहिले यस क्षेत्रमा बाघले आतङ्क मचाएको छ ।

माघ महीनादेखि बाघको आक्रमण यस क्ष्Fेत्रमा बढेको हो । अहिलेसम्म बाघको आक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ भने दुईजना गम्भीर घाइते भएका छन् । बाघले सखुवाप्रसौनी, पटेर्वासुगौली, जीराभवानी र पर्सागढी नगरपालिकामा उत्पात मचाउँदै आएको छ । गोठमा रहेका खसी, बाख्रा, गाईमाथिको आक्रमण जारी छ ।

पछिल्लो समय बाघको कारण सखुवाप्रसौनी गाउँपालिका आतङ्कित भएको छ । वडा नं २ को उखुबारीमा फागुन २५ गते दुईवटा बाघ देखिएको र त्यसमध्ये एउटा बाघ तत्कालै भागेको र अर्को बाघ उखुबारीमा रहेको भनी सोलाई नियन्त्रण गर्ने प्रयास गरिए पनि सफल भएन ।

अहिले बाघको खोजीको लागि दुईवटा हात्ती निकुञ्जबाट ल्याइएको छ । हिजो र आज हात्तीबाट बाघको खोजी कार्य गरिए पनि पत्ता लाग्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here