नितेश कर्ण, वीरगंज, २७ फागुन/
छिपहरमाई गाउँपालिकाको भिस्वामा रहेको एउटा किराना पसलबाट गएराती लाखौंको चोरी भएको छ ।
छिपहरमाई गापा–५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसलबाट गएराति अज्ञात चोरहरूले पसलको पछाडी रहेको ढोकाको ताल्चा तोडेर चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट ढोकाको ताल्चा तोडेर चोरी भएको र पसल सञ्चालकले दशलाख बराबरको समानहरू चोरी भएको दावी गरेको जनाएको छ ।
चोरले पसलको अगाडि रहेको सिसि क्यामरा फुटाएका र पछाडीको ढोकाको ताला तोडेर चोरी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले बताए । उनले सिसि क्यामरा चेकजाँच भएको र चोरी सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।