नेपालमा खोरेत रोगले पु-याएको आर्थिक क्षतिबारे यकीन तथ्याङ्क छैन । किनभने यो रोग नेपालका हिमाली, पहाडी र तराईका पशुहरूमा बा-है महीना लाग्ने गरेको छ । खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुङ्गुर, बङ्गुर, बँदेल, हात्तीलगायत खुरफट्टा जङ्गली जनावरमा देखा पर्ने भयानक सरुवा रोग पनि हो । यो रोग विभिन्न जातका जनावरमा एकैपटक देखा पर्न सक्ने भएपनि यो रोगबाट मर्ने जनावरहरूको सङ्ख्या भने थोरै मात्र हुने गरेको छ । खोरेत रोग नेपालमा बा-है महीना तराई, पहाड र हिमाली जिल्लामा देखा परिरहन्छ र पशुको आवतजावत नै रोग प्रकोपको मूल आधार मानिएको छ । खोरेत रोग सात प्रकारका भएपनि नेपालमा भने तीन/चार प्रकारका खोरेत देखा परेका छन् । ए, ओ र एशिया–वान । केही समययता पान एशिया टोपो टाइप भाइरसका कारण वयस्क पशुहरूमा समेत रोग र मृत्यु दर बढी देखिएको छ । पान एशिया टोपो टाइप भाइरसबाट हालका दिनमा घातकरूपमा महामारी पैmलिएको छ । रोगी पशुसित लसपस भएमा, रोगी पशुको ¥यालले दूषित बनाएको दानापानी खाएमा, रोगी पशुले फोहोर बनाएको भाँडाकुँडामा दानापानी खाएमा, रोगी पशुलाई राखेको खोरमा राखेमा, रोगी जनावरको काँचो दूध, मासु खाएमा र कुनै मानिस रोगी जनावरको सम्पर्कमा रहेको अवस्थामा निजको श्वासनलीभित्र २४ घण्टा खोरेत विषाणु बाँच्न सक्छ र रोग सार्न सक्छ ।

खोरेत लागेका पशुहरूले शुरूमा राम्ररी नखाने, मुख तथा गिजामा पानी पोका आउने र पछि फुटेर घाउ बन्ने, ¥याल काढ्ने, जिब्रोमा घाउ बन्ने, झोक्राउने, नउग्राउने, धेरै ज्वरो आउने, खुरको कापमा घाउ हुने, लङ्डाउने यो रोगका लक्षणहरू हुन् । खोरेत रोगका जीवाणुहरू अति सूक्ष्म हुन्छन् र थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमतावान्का हुन्छन । खोरेत रोगका विषाणुहरू बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुनाले नै छोटो समयभित्र यसका विषाणुले पशुलाई रोगी तुल्याउने र विभिन्न जातका जनावरलाई एकैपटक आक्रमण गरेर महामारी ल्याउन सक्छन् । खोरेत लागेका पशुहरूको मुखको घाउ फिटकिरी पानीले सफा गर्ने, खुट्टामा घाउ छ भने पोटास पानी वा डिटोल वा नीलो वा १० प्रतिशत कपर सल्फेटको झोलले सफा गर्ने र मलम, औषधि लगाउने प्रारम्भिक उपचार विधि भएपनि अन्य उपचारहरूका लागि भने प्राविधिकको सहयोग लिनुपर्छ । पशु राखिएका गोठलाई सफा राख्ने र पशुलाई सकेसम्म खोरमा बाँधेरै राख्ने, खोरेत रोगको लक्षण देखा परेका पशुहरूलाई सम्भव भएसम्म बेग्लै राख्ने र उनीहरूले खाएका दानापानी अन्य पशुलाई नदिने, गाडेर नष्ट गर्नु राम्रो हुन्छ ।

खोरेत रोग सबैभन्दा बढी पहाडी जिल्लामा ६९ प्रतिशत, तराईमा २० प्रतिशत र हिमाली क्षेत्रका ११ प्रतिशत पशुहरूमा लाग्ने गरेको तथ्याङ्गले देखाएको छ । चेतना अभिवृद्धि, गाउँ र जिल्लास्तरका प्राविधिकहरूलाई तालीमको व्यवस्थासहितको कुशल रोग नियन्त्रण रणनीति अवलम्बन गर्दा कम लगानीमा खोरेतविरुद्धको अभियानमा सफलता पाउन सकिन्छ । आफ्ना पशुहरूलाई खोरेतविरुद्धको खोप अर्धवार्षिकरूपमा दिनुपर्छ । अहिले खोरेतविरुद्धको खोप पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा दिने कार्य भइरहेको छ । तर पशु हाटबजारमा रोगी पशुमाथि रोक, बजारमा जैविक सुरक्षाका उपायहरूको अवलम्बन भने गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here