प्रस, वीरगंज, २६ फागुन/
जिएचपी स्कूल, वीरगंजमा शनिवार कला तथा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।
विद्यालयका निर्देशक ज्याक सिंहले कला तथा विज्ञान प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा कक्षा १–९ सम्मका विद्यार्थीहरूले आआफ्नो कला र सीप प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले एक वर्षमा सिकेका कला र विज्ञानसम्बन्धी परियोजनाहरू प्रदर्शनीमार्फत सार्वजनिक गरेका थिए ।
उनीहरूले टेस्ला क्वायल, हाइड्रोलिक मेशीन, रैन वाटर हार्भेस्टिङ, विद्युतीय साइकल, पेन्टिङलगायत प्रदर्शनी भएको प्रधानाध्यापक रमिन्द्र कौरले बताइन् ।