घरबासलाई तोरी पिस्ने मिल हस्तान्तरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

माधव तिमिल्सिना, ठोरी, २६ फागुन/
मधेस प्रदेशकै पहिलो घरबास (होम स्टे)का रूपमा परिचित सुनाखरी सामुदायिक घरबासलाई शनिवार तोरी पिस्ने मिल हस्तान्तरण गरिएको छ । शनिवार सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले घरबास व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेल एवं सचिव बलराम कर्मोचालाई संयुक्तरूपमा तोरी पिस्ने मिल हस्तान्तरण गरेका हुन् ।

घरबार प्रवद्र्धनका लागि सुनाखरी उपभोक्ता समितिद्वारा तोरी पिस्ने मिल मेशीन हस्तान्तरण गरिएको समितिका सचिव जीवन श्रेष्ठले बताए । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय, आधाभार तथा तराई भूपरिधि कार्यक्रम कोहलपुर, बाँकेको सहयोगमा उपभोक्ता समितिले मिल हस्तान्तरण गरेको सचिव श्रेष्ठले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष पाख्रिनले मिल हस्तान्तरणले घरबासको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे । घरबास व्यवस्थापन समितिका अध्यक्ष पौडेलले तराई भूपरिधि कार्यालय र सो कार्यका लागि पहलकर्ता प्रेम पौडेल र युवराज घतानेलाई धन्यवाद दिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस