काठमाडौं, २४ फागुन/रासस
नेपाली बजारमा बिहीवार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १५०० वृद्धि भई प्रतितोला रु १२५ हजार कायम भएको छ ।
यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १५०० ले वृद्धि भई प्रतितोला रु १,२४,४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले वृद्धि भई १४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यवृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।