प्रस, रौतहट, २३ फागुन/
रौतहट जिल्लाका सबै पालिकाको सहभागितामा यही फागुन २६ गतेदेखि रौतहट क्रिकेट सङ्घको आयोजनामा पालिका कप हुने बताइएको छ । पालिका कपबारेमा बुधवार आयोजित पत्रकार सम्मेलनमा रौतहट क्रिकेट सङ्घका अध्यक्ष पवन साहले १८ वटै पालिका सहभागी हुने पालिका कप क्रिकेट यही फागुन २६ गतेदेखि शुरू हुने बताए । उनले पालिका कपको तयारी शुरू भएको र समूह निर्धारण तथा कप्तान र प्रतिनिधि चयन कार्य सम्पन्न भएको बताए ।
उनले समूह (ए)मा गौर, मौलापुर र गुजरा नपा, समूह (बी)मा गरुडा, फतुवा विजयपुर र माधवनारायण नपा, समूह (सी)मा यमुनामाई गापा, परोहा र वृन्दावन नपा, समूह (डी)मा गढीमाई, राजदेवी र बौधीमाई नपा, समूह (ई)मा कटहरिया, ईशनाथ र राजपुर नपा र समूह (एफ)मा चन्द्रपुर, देवाही नपा तथा दुर्गा भगवती गापा परेको रौतहट क्रिकेट सङ्घका कोषाध्यक्ष विकाश विक्रान्त नेपालले बताए ।