प्रस, परवानीपुर, २२ फागुन/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुलनजीकै यात्रुवाहक बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।

धनगढीबाट विराटनगर गइरहेको ना.६ख ९०३० नम्बरको यात्रुवाहक बस अपराह्न ४ बजे तीन नम्बर पुलनजीकै अनियन्त्रित भई ३५ फिट तल खसेको थियो ।

२७ जना घाइतेमध्ये पाँचजना सामान्य घाइतेलाई प्रारम्भिक उपचार गरी घर पठाइएको छ भने बाँकी २२ जनाको हेटौंडाको सरकारी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता एवं प्रनाउ दधिराम न्यौपानेका अनुसार बालबालिका, युवा, वयस्कलगायत गरी २२ जनाको उपचार भइरहेको छ । घाइते हुनेमा सर्लाही, धनुषा, पर्सा, मकवानपुर, चितवन, सुनसरीलगायत जिल्लाका घाइतेहरू रहेका छन् । घाइतेहरूको हात, खुट्टा, मुख, छातीलगायत ठाउँमा चोटपटक लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here